कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन : “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” मा प्राथमिकता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् ।     अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं “बिर्सिएका” अमेरिकी श्रमिक वर्गलाई  पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक परेको बताए ।  …