मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्युयोर्कमा मनाइयो राजनीतिका शिखर पुरुष गिरिजाबाबुको जन्मदिन

न्युयोर्कमा मनाइयो राजनीतिका शिखर पुरुष गिरिजाबाबुको जन्मदिन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मदिन न्युयोर्कमा मनाइएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको कार्यालय न्युयोर्कको क्विन्सस्थित बुडसाइडमा युगपुरुष स्व. गिरिजाप्रसाद कोइरालाप्रति श्रञ्द्धाजली व्यक्त गर्दै स्मरण गरिएको छ । 
 
फाउन्डेसनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, ध्रुव कुँवर क्षेत्रीलगायत विशेष आमन्त्रित सदस्य एवं नेविसंघका पूर्वमहामन्त्री डा. यादव पन्डित, हालै सम्पन्न एनआरएन अमेरिका चुनावका प्रमुख आयुक्त विश्व बराल, युवा नेताहरू विनोद सुवेदी, ज्ञानल थापा, अर्जुन सिग्देल, गोविन्द सुवेदी, रामजी मरासिनी, विष्णु गौतम, चिरन्जीवी गौतम, रामहरि अधिकारी, टक रूवाली, एनआरएन न्युयोर्क च्याप्टरका नवनिर्वाचित अध्यक्ष आङ छिरिङ शेर्पा, पूर्व एनआरएन एआइसिसी सदस्य आङ निमा ग्याल्जे शेर्पा, एनआरएन न्युयोर्क च्याप्टर बोर्ड सदस्य छिरिङ शेर्पा र पत्रकार मुकुन्द सुवेदीलगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
 
स्व. गिरिजाबाबुको स्मृतिमा एक मिनेट मौनधारण गरी आरम्भ गरिएको सो कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री एवं युवा नेता डा. यादव पण्डितले गिरिजाबाबुसँग मृत्युपर्यन्त अन्तिम समयसम्म आफूले उठबस गर्दाको अनुभूति एवं उहाँजस्तो साहसी र राष्ट्रभक्त युगपुरुषको अभाव अहिले मुलकले महसुस गरिरहेको र उहाँले देखाउनुभएको सहमति, सहकार्य र एकताको मार्गबाट नै पार्टी र राष्ट्रको हित हुने कुरामा जोड दिए ।
 
यसैगरी हालै सम्पन्न एनआरएन निर्वाचनमा आइसिसी मेम्बरमा निर्वाचित सदस्य गोविन्द सुवेदीले गिरिजाबाबुले आफ्नो जीवनकालभर राणा, पञ्च र दरबारसँग लडी यी तीनै शक्तिलाई ठेगान लगाएको र अन्त्यमा देशलाई द्वन्द्वबाट निकास दिई शान्ति कायम गर्न सफल नेताको रूपमा चित्रण गरे ।
 
एनआरएन प्रमुख निर्वाचन आयुक्त तथा युवा नेता विश्व बरालले गिरिजाबाबुले देशलाई द्वन्द्ववाट निकास दिएको र उहाँ एक प्रष्ट भिजन भएको, जे बोल्यो त्यो गर्ने राजनेताको रूपमा जनजनको हृदयमा बस्न सफल भएको धारणा राखे । 
 
एनआरएन न्युयोर्क च्याप्टरका नवनिर्वाचित अध्यक्ष आङ छिरिङ शेर्पाले आफू विद्यार्थीकालदेखि नै गिरिजाबाबुको प्रेरणाबाट प्रभावित भएको र आज देशले उहाँजस्तो राजनेताको अभाव महसुस गरेको बताए । कार्यक्रममा अर्जुन सिग्देल, रामजी मरासिनी, ज्ञानल थापा, टक रूवाली, मुकुन्द सुवेदी, रामचन्द्र अधिकारी र ध्रुव कुँवर क्षेत्रीले आ-आफ्नो धारणा राखेका थिए । 
 
सभा बिसर्जन गर्दै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले गिरिजा बाबुको जीवन एक खुल्ला पाना भएको र आफूले लामो समयसम्म उहाँको साथ र संगतमा रहँदा सदा एक निडर राजनेताको रूपमा पाएको बताए ।