मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
प्रेस विज्ञप्ती / सूचना पाटी   

कोलोराडोमा नेपाल डे परेड आयोजना हुदै

कोलोराडोमा नेपाल डे परेड आयोजना हुदै

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- नेपाली नयां बर्ष २०८० कोलोराडो निवासी नेपाली भाषीहरुले “नेपाल डे परेड” आयोजना गरी मनाउने भएका छन् ।

कोलोराडोमा नेपाली भाषी समुदाय बिच सकृय रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” संगै नयां बर्ष मनाउन लागेको रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेलले बताएका छन् ।
बिगत केही बर्ष कोरोना महामारीका कारण रोकिएको नेपाल डे परेडलाई यसबर्ष देखी निरन्तरता दिन लागिएको हो । यही अप्रील १६ तरिक अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर लगाएत बिभिन्न अतिथीहरुको उपस्थिती रहने अध्यक्ष पौडेलले बताएका छन् ।
स्थानीयलाइ नेपाल र नेपालीको पहिचाहन गराउन पाउने यस महत्वपूर्ण कार्यक्रममा आ—आफ्नो जातीय भेष भुषा सहित र संघ संस्थाहरुले संभव भएसम्म ब्यानर सहित उपस्थित भईदिनुहुन सबैलाई अनुरोध गरिएको छ । त्यसैगरी यहां स्थित संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी,  गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार तथा समाजसेवी, नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन समेत आयोजक संस्थाका अध्यक्षले सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रम हरेक बर्ष भौगोलीक स्थितीले काठमाण्डौं उपत्यका संग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ । केहीबर्ष यता अमेरिकाको बिभिन्न स्टेटमा नेपाली परेड आयोजना हुन थालेको छ । कोलोराडोको परेड भने यहां स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००३ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयां बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो । अमेरीकामा रहेका पचास स्टेट मद्ये कोलोराडो यस्तो किसिमको कार्यक्रकम गर्ने पहिलो स्टेट हो  ।
 नेपालीहरुका दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो  सुचीकृत कार्यक्रम हो । नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको थियो ।