मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   
मुख्य समाचार   

एमसिसीमा डायस्पोरालाई अवमूल्यन गरियो

एमसिसीमा डायस्पोरालाई अवमूल्यन गरियो


अमेरिका । अमेरिका र नेपालबीच भएको मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौताले नेपाललाई धेरै पाठ सिकाएको उल्लेख गर्दै विज्ञहरुले यस्ता खालका सम्झौता गर्दा आगामी दिनहरुमा डायस्पोराको विज्ञतालाई लिन सुझाएका छन् ।

नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा श्रष्टा साँझले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा डायस्पोराका विज्ञहरुले त्यसरी सुझाव लिँदा नेपाललाई फाइदा हुने उल्लेख गरे । अमेरिकामा लामो समयदेखि बस्दै आएका एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) का पूर्ब अध्यक्ष डा. अम्बिका अधिकारीले डायस्पोराको विज्ञतालाई समयमै लिएर सम्झौताको ड्राफ्टदेखि कार्यान्वयन तहसम्म पुग्न सकेको भए एमसिसी त्यति ठूलो विवादको मुद्धा नहुने बताए ।

‘नेपाल सरकारले यस्ता महत्वपूर्ण विषयमा डायस्पोराको सहयोग लिँदा धेरै फाइदा पुग्छ’ डा. अधिकारीले भने ।

कार्यक्रममा पूर्ब सचिव कृष्ण ज्ञवालीले त्यति ठूलो सम्झौता हुँदा पनि कानुन मन्त्रालय र परराष्ट्रलाई सुरुदेखि संलग्न नगराउँदा धेरै समस्या आएको अनुभव सुनाए । प्रयाप्त गृहकार्य नगरि वैदेशिक सहयोग लिन नहुने रहेछ भन्ने पाठ पनि यसले सिकाएको उनले बताए ।

कार्यक्रममा अर्थविद विश्वम्भर प्याकुरेल एमसिसी परियोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने शर्त रहेको र नसकिएमा अमेरिकाले रकम फिर्ता लैजाने भएकोले जति चाँडो सम्पन्न भयो नेपाललाई त्यति फाइदा रहेको उल्लेख गरे । यो परियोजना सन् २०२३ को अगष्टबाट सुरु भएर सन् २०२८ को अगष्टमा सम्पन्न भैसक्नुपर्नेछ ।

कार्यक्रम आर्थिक पत्रकार विजय घिमिरे र श्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षितले मोडरेट गरेका थिए । त्यस अवसरमा सतिश देवकोटा, उत्तम गाउँले लगायतले एमसिसी जस्ता योजनालाई गिजोलिनुको कारणबारे धारणा राखेका थिए ।

कार्यक्रममा नेपालले अबको दिनमा असंलग्न पररराष्ट्र नीतिको सट्टामा विश्व राजनीतिमा आफ्नो आर्थिक हित हुने गरि कुनै न कुनै पक्षमा लाग्नुपर्ने धारणा समेत सहभागीहरुले व्यक्त गरेका थिए ।