मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ह्युस्टनमा साङ्गीतिक कार्यक्रम सहित नयाँ वर्ष उत्सव हुँदै

ह्युस्टनमा साङ्गीतिक कार्यक्रम सहित नयाँ वर्ष उत्सव हुँदै

सुजन पण्डित

शेयर गर्नुहोस:

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रवासमा नेपालीहरुलाई नेपालमा मनाइने सबै पर्व र चाड्बाड उत्सव कै रुपमा मनाउने रहर हुन्छ। तीज, दशैं, तिहारको देउसी-भैलो, फागु पर्व (होली) र नेपाली नयाँ वर्ष विदेशमा बस्ने नेपालीहरुले मनाउने विशेष नेपाली पर्व/उत्सवहरु हुन्। अमेरिकामा रहेका सबै ठूला शहरहरुमा नेपालीहरुको बसोबास बढेसंगै आफ्नै सामुदायिक केन्द्र तथा मन्दिरहरु बनाउने र आफ्नै समुदायका सदस्यहरुबीच सामुहिक पर्व मनाउने प्रचलन धेरै अमेरिकी शहरहरुमा जारी छ।

आगामी सप्ताहन्त टेक्ससको ह्युस्टन वरिपरि बस्ने नेपालीहरुका लागि नेपाली गायकहरुको मनोरन्जनात्मक प्रस्तुतिसंगै नयाँ वर्ष २०८० मनाउने अवसर प्राप्त भएको छ। नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)ले आगामी शनिवार, अप्रिल १५ का दिन दिउँसो दुई बजेदेखि पाशुपति मन्दिर परिसरमा रहेको पिकनिक पेभिलियनमा लाइभ कन्सर्ट सहितको नयाँ वर्ष उत्सव आयोजना गरेको छ। २० डलर प्रवेश शुल्क रहेको कार्यक्रममा चर्चित १९७४ व्याण्डका सदस्य फिरोज स्याङ्देनको लाइभ कन्सर्ट समेत समावेश रहेको छ।

आयोजक एनएएचका सदस्य हरि न्यौपानेका अनुसार कार्यक्रममा काठमाण्डु करी एण्ड बार, मोमो हाउस, हिमालयन आशियना लगायतका नेपाली रेष्टुँराहरुले विभिन्न खानाका परिकारहरु समेत स-शुल्क उपलब्ध गराउने व्यवस्था मिलाएकाछन्। कन्सर्ट प्रवेश टिकट अनलाइन ( https://nahtx.yapsody.com/event/index/765861/nepal-fest-celebrating-nepali-new-year-2080) र कार्यक्रमस्थलबाट समेत लिन सकिने व्यवस्था मिलाइएको आयोजकहरुले जानकारी गराएकाछन्।

साइप्रस नेपाली समुदायको नयाँ वर्ष आइतवार

यसैबीच बृहत्तर ह्युस्टनको साइप्रस क्षेत्रमा रहेको नेपालीहरुको संस्था सिर्जनशील नेपाली समाजले पनि आइतवार अप्रिल १६ का दिन नयाँ वर्ष मनाउने कार्यक्रम राखेको छ। सबैलाई निशुल्क प्रवेशको व्यवस्था रहेको नयाँ वर्ष उत्सव सामुदायिक पिकनिक र चर्चित नेपाली गायक हेमन्त शर्माको साङ्गीतिक प्रस्तुति सहित मनाउने व्यवस्था मिलाइको स्थानीय आयोजकहरुले जनाएका छन्। समाजले बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माणका लागि हालसालै खरीद गरेको टम्बलस्थित आफ्नै खुल्ला जमीनमा पिकनिक एवं साङ्गीतिक कार्यक्रम आयोजना गरेको जानकारी प्राप्त भएको छ।