मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

‘प्रकाश सपूत’को साथमा बोस्टनमा हुने ‘बैशाखी साँझ’को तयारी अन्तिम चरणमा

‘प्रकाश सपूत’को साथमा बोस्टनमा हुने ‘बैशाखी साँझ’को तयारी अन्तिम चरणमा


नेपाली नयाँ वर्ष २०८०को अवसर पारेर अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा आयोजना गर्न लागिएको साँगीतिक कार्यक्रम ‘बैशाखी साँझ-२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ।

हिजोआज नेपाली साँगीतिक क्षेत्रमा ख्यातिको शिखरमा पुगिरहेका चर्चित नेपाली गायक ‘प्रकाश सपूत’ मुख्य आकर्षक रहने कार्यक्रमको तयारी, अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। ‘बैशाखी साँझ-२०८०’ साँगीतिक कार्यक्रमको आयोजक ग्रेटर बोस्टन नेपाली समुदाय (जिबीएनसी-GBNC)ले जनाए अनुसार कार्यक्रम नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते तदनुसार अप्रिल १४ तारिख सुक्रबारको साँझ बोस्टन सहरको 400 Cardinal Medeiros Avenue, Cambridge मा, साँझ ५ बजेदेखि राती साँडे ११ बजेसम्म सञ्चान गर्ने गरी आवश्यक तयारी गरिएको छ।

कार्यक्रमको तयारीका सम्बन्धमा जानकारी दिदै आयोजक संस्था जिबिएनसी(GBNC) की अध्यक्ष अन्जु थापाले भनिन् , ‘कार्यक्रमको तयारी लगभग सकियो। कार्यक्रमको विशेष अतिथि प्रकाश सपूतलाई निम्त्याएका छौं। टिकट बिक्री, आवास, यातायात, हल लगायत व्यवस्थापनका कार्यहरु अन्तिम चरणमा पुगेको छ।’

बोस्टनवासी नेपाली समुदायको मनोभावना अनुसार नै कार्यक्रममा सपूतलाई निम्त्याइएको जिकीर गर्दै अध्यक्ष थापाले भनिन् , ‘बोस्टनवासी नेपाली समुदायकै मनोभावना अनुसार सपूतलाई कार्यक्रममा नित्याएका हौं। जो उनले नेपाली साँगीतिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान पनि हो।’

कार्यक्रम भव्य र सभ्य रुपमा सफल हुनेमा विश्वस्त हुदै अध्यक्ष थापाले कार्यक्रममा सहभागिता जनाउन सबैलाई चुले निम्तो दिएकी छिन्।

कार्यक्रम आयोजक संस्था जिबिएनसि(GBNC)का वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्दिप भट्टराईले दिएको जानकारी अनुसार, कार्यक्रममा स्थानीय नेपाली समुदायका चर्चित कलाकारहरुले पनि आ-आफ्नो साँगीतिक कोसेली पस्किएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने भएका छन्।

स्थानीय कलाकारहरु बिराज गुरुङ, संयक अधिकारी, पूजा घिमिरे, राज लामा, निरज खत्री, नित्य शर्मा, सोनाली राभण्डारी, सुदा गुरुङ, रोनिशीका थापा लगायतले आफ्नो साँगीतिक कोशेली पस्कने छन् भने, सहभागिहरुले डिजे मुकुन्द र डिजे डिले पस्किने बेजोड साँगीतिक धुनहरुमा झुम्दै रम्दै एकआपसमा शुभकामना साटासाट गर्दै नेपाली नयाँ वर्ष मनाउन पाउने भएका छन्।

कार्यक्रमको मुख्य प्रायोजक नेस्ट रियल स्टेट (NEST real estate) रहेको छ भने, सनसेट डेकोर (SUNSET Decor), जेनट्राभल डट कम(Zentravels .com) लगायतले पनि आर्थिक सहयोग गरेका छन्। कार्यक्रममा सहभागिता जनाउनका लागि आजीवन सदस्यहरुले सहयोग स्वरुप प्रति टिकट २० डलर र अन्यले प्रति टिकट ३० डलर तिर्नु पर्ने गरी आयोजकले टिकटको व्यवस्था गरेको छ। अलनाइन र भौगोलिक रुपमा टिकट बिक्री गर्ने व्यवस्था गरी ४ सय वटा टिकट बिक्री गर्ने लक्ष्य राखिएकोमा, कार्यक्रम हुने मिति आउन एक साता बाँकी छदै सम्पूर्ण टिकटहरु बिक्री भैसकेको आयोजकले जनाएको छ।