न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रसिया-युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व बृहत्तर युद्धतर्फ गइरहेको डर देखिएको बताएका छन् । ‘युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको असर विश्वव्यापीरूपमा देखिएको छ’, महासचिव गुटेर्रेसले भने । महासचिव गुटेर्रेसले विश्व जटिल युद्धतिर अगाडि बढिरहेको र त्यसलाई रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र…