मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
एनआरएन विशेष   
न्युयोर्क   
मुख्य समाचार   

एनआरएनएप्रति टाढिँदै विदेशमा बस्ने नेपाली

एनआरएनएप्रति टाढिँदै विदेशमा बस्ने नेपाली


अमेरिका । टेक्ससमा भर्खरै आयोजित एक सावर्जनिक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी पनि सहभागी थिए । तर, कार्यक्रम आयोजकले उनलाई बेवास्ता गरे ।

यहाँ मात्र होइन, अमेरिकामा हुने सार्वजनिक कार्यक्रममा एनआरएन अमेरिका र आइसिसीका पदाधिकारीलाई खासै महत्त्व दिन छाडिएको छ । तीन चिरामा बाँडिएको एनआरएनए प्रति धेरैमा वितृष्णा छ । विदेशमा बस्ने कैयौँ नेपालीहरु एनआरएनएप्रति टाढिँदै गएका छन् ।

कतिले त एनआरएनए विदेशमा बस्ने नेपालीका लागि घोडा बन्दै गएको बताउनसमेत थालेका छन् । एनआरएनएले गर्दा नै विदेशमा बस्ने नेपालीका मुद्दा सही रुपमा राख्न नसकिएको गुनासा गर्नेहरु छन् ।

एनआरएनए संस्था अहिले तीन चिरा परेको छ । केही महिनाअघि काठमाडौँमा भएको एनआरएनए निर्वाचनको नतिजा स्वीकार्ने एनआरएनए र नस्वीकार्ने एनआरएनएले गर्दा नेपाल सरकार परराष्ट्र मन्त्रालयले संस्थाको नवीकरण गर्नसमेत ढिलाइ गरिरहेको छ । दुई वर्षअघि गठन भएको अर्को एनआरएनए पनि अस्तित्वमा छ ।

एनआरएनए संस्थामा आएका एकपछि अर्को विवादले नेपालका राजनीतिक पार्टीका मुख्य नेताहरुले समेत यहाँका पदाधिकारीसँग दूरी बनाउन थालेका छन् । नेपाली कांग्रेसका महासचिव गगन थापाले दुई वर्षयता एनआरएनएप्रति चासो कम देखाउन थालेका छन् । एक वर्षअघि उनलाई एनआरएनएको अमेरिकामा हुन लागेको एउटा कार्यक्रममा मुख्य अतिथिका रुपमा निमन्त्रणा गरिएको थियो । तर, उनी आएनन् ।

नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पुर्णबहादुर खड्का पनि एनआरएनएप्रति खुशी छैनन् । माओवादीका नेता जनार्दन शर्माले पनि एनआरएनएको अहिलेको अवस्थाप्रति बेखुसी व्यक्त गरेका थिए ।

अहिले तीनै वटा एनआरएनएएले आफ्नानिकटलाई विभिन्न पदमा राखेको, नियुक्त गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आएका छन् । उनीहरुले देखिने गरी गर्ने काम यही हो ।

नेपालको नागरिक समाज र मिडियाले पनि एनआरएनएलाई बेवास्ता गर्न थालेका छन् । एनआएनएले गरेका नियुक्ति, प्रेस विज्ञप्तिहरुलाई स्थान दिन छाडेका छन् ।

विगतमा ल्याइएका कयौँ योजना र कार्यक्रम लथालिङग हुँदै गएकाले पनि मिडियाले पत्याउन छाडेका हुन् । चुनाव स्वीकार्ने समूहले आफ्ना निकटलाई सल्लाहकारलगायत विभिन्न पदमा नियुक्त गरेको केही दिनपछि चुनाव नस्वीकार्ने समूहले पनि यस्तै गर्‍यो । यो क्रम अझै चलिरहेको छ ।

केही वर्षअघि घोषणा गरिएको एनआरएनए लगानी कोष अहिले बन्द हुने अवस्थामा पुगेको छ । यो कोषमा सरकारले पनि ५० करोड रुपैयाँ राखेर सहभागी हुने निर्णय भएको थियो । तर, संस्थाको नवीकरणसमेत नभएको अवस्थामा सरकार र विदेशमा बस्ने नेपालीले पैसा राख्ने संभावना कम हुँदै गएको छ ।

एनआरएन नागरिकतालाई ठूलो उपलब्धिका रुपमा लिइएको भए पनि यसमा पनि समस्याहरु देखिएका छन् । एनआरएन नागरिकता लिएर नेपाल जाँदा पनि शुल्क तिरेर भिसा लिनुपर्ने अवस्था छ । एनआरएन नागरिकता देखाउँदा जमिनसमेत किन्न नपाएको समाचार हिमालयखबरले प्रकाशित गरेको थियो । यी कारणले एनआरएनए नागरिकता लिएर के गर्ने भन्ने प्रश्न उठेको छ ।

विदेशमा बस्ने नेपालीका मुद्दा कमजोर बन्दै गएका हुँदा एनआरएनए संस्था नै किन चाहियो ? भन्ने प्रश्न उठाउने बढ्दै गएका छन् ।