मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   
मुख्य समाचार   

केपकड नेपाली समाजमा नयाँ नेतृत्व

केपकड नेपाली समाजमा नयाँ नेतृत्व


न्यूयोर्क (अमेरिका) । केपकड नेपाली समाजको नयाँ नेतृत्व शनिबार सम्पन्न भएको छ ।

समाजका अध्यक्ष केवी राईको सभापतित्वमा भएको साधारण सभामा संस्थाको प्रगति विवरण र भए गरेका गतिबिधिहरूको प्रतिवेदन तथा कोषाध्यक्ष विमल खड्काले पेश गर्नुभएको थियो । सभामा समाजका सल्लाहकार तथा विधान समितिका अध्यक्ष विष्णुमान प्रधानले प्रस्तावका लागि पेश गर्नुभएको संस्थाको विधान पारित भएको छ ।

प्रधानले विधान माथि उठेका जिज्ञासाहरूका जवाफ दिएर प्रष्ट पार्नु भएको थियो। बन्दशत्रमा केपकड नेपाली समाजको नयाँ कार्य समितिको निर्वाचन प्रयोजनका लागी गठित निर्वाचन समितका अध्यक्ष हरी राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले संस्थाको विधान बमोजिम विधिपूर्वक प्रकृया पुरा गरी अधिवेशन वाट नयाँ कार्य समितीको निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा केवी राई, बरिष्ठ उपाध्यक्षमा विष्णुमान प्रधान, उपाध्यक्षहरुमा कुवेर विन्दुकार र कृष्ण तिमल्सिना, महासचिवमा इच्छा खड्का, सचिवमा सरस्वती खनाल, सह-सचिवमा हर्कुलस कान्दंगवा, कोषाध्यक्षमा विमल खड्का, सह-कोषाध्याक्षमा सुशिला सिंह, महिला संयोजकमा प्रमिला धमला बन्जारा र युवा संयोजक कुमार तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा अजय खतिवडा, ध्रुव थापा, ज्योति केसी, खगेन्द्र राई, कुमुदा पोख्रेल, पार्वती चालिसे, समिर ओझा, सीताराम राई र टिका तामाङ निर्विरोध निर्वाचित भएका छन् । विधान अनुसार २१ जना रहने कार्यसमितिमा २० जना निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका अध्यक्ष हरि राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई, प्रमाणपत्र प्रदान गरी पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

अध्यक्ष राईले नबनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना ब्यक्त गर्दै केपकडबासी हामी सबै नेपाली मिली हातेमालो गरेर संस्थालाई अगाडी बढाउदै जाने कुरामा जोड दिदै आफ्नो प्रतिबध्ता ब्यक्त गर्दै सबैलाई नेपाली नयाँ बर्षको २०८१ को शुभकामना दिनुभएको थियो।

केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न २०११ मा केप कड, मासाच्युसेट्स, अमेरिकामा स्थापना गरिएको सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।