मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मार्क जुकरबर्गले भने– “मेरो गल्ती हो, आई एम सरी ! मैले फेसबुक सुरु गरें, म यसलाई चलाउँछु, यहाँ जे भयो म जिम्मेवार छु”

मार्क जुकरबर्गले भने– “मेरो गल्ती हो, आई एम सरी ! मैले फेसबुक सुरु गरें, म यसलाई चलाउँछु, यहाँ जे भयो म जिम्मेवार छु”


हिमालयखवर संवाददाता
अमेरिका-
हामीले फेक न्यूज, चुनावमा विदेशी हस्तक्षेप, व्यक्तिगत विवरणको गोप्यताजस्ता पक्षलाई रोक्न नसक्नु गल्ती भयो, यो मेरो गल्ती हो आई एम सरी मैले फेसबुक सुरु गरेको हुँ, म यो चलाउँछु र यहाँ जे भयो म यसका लागि जिम्मेवार छु, फेक न्यूज, चुनावमा विदेशी हस्तक्षेप, व्यक्तिगत विवरणको गोप्यता खरिद विक्रीजस्ता समाजलाई हानी हुने काम रोकिनु पर्छ, हामीलाई यसका लागि केही समय लाग्छ सक्छ तर सुधार गरिन्छ– यो फेसबुकका संस्थापक मार्क जुकरबर्गको स्वीकारोक्ति हो । 
 
फेसबुकमा एकाण्उट हुनेको डाटा लिक भएको सार्वजनिक भएपछि बहसको विषय बनेको थियो । यही विषयमा मंगलवार अमेरिकी सिनेटका अगाडी फेसबुक संस्थापक जुकरबर्गले यसमा आफ्नो तर्फबाट गल्ती भएको स्विकार्दै क्षमायाचना गरेका हुन् । 
 
अमेरिकी सिनेटको कमर्स एण्ड जुडिसरी समितिले जुकरबर्गलाई आफ्ना धारणा राख्न बोलाएको थियो । करिब पाँच घण्टा सवाल जवाफ भएको थियो ।
 
सिनेटरहरुको तिखा प्रश्नमा शालीन र धैर्यशील भएर जुकरबर्गले जवाफ दिएका थिए । अमेरिकी संसद् क्यापिटल हिलमा भएको यो बयानमा जुकरबर्गले गल्तीका लागि क्षमा मागेपनि फेसबुकलाई अझ परिमार्जित गर्दै सशक्त बनाउन पछि नपर्ने स्पष्ट पनि पारे । कुनै त्रास नमानी उनले आफ्ना कुरा राखेका थिए । अमेरिकी राजनीतिमा प्रभाशाली सिनेटरहरु टेड क्रुज लगायतले जुकरबर्गलाई प्रश्न सोधेका थिए । कहीँ सिनेटर माथि जुकरवर्ग हाबी समेत भएका थिए । जुकरबर्गले प्रश्न नबुझेको अवस्थामा सिनेटरसंंग तपाईँको सवालको मतलब के हो भन्ने प्रतिप्रश्न समेत गरेका थिए । सिनेटरको प्राविधिक विषयमा अल्पज्ञानले जुकरबर्गलाई फाइदा भने भयो । 
 
जुकरबर्गको बयान भइरहँदा उनको सम्पत्तिभने बढिरहेको थियो । यो बयानले फेसबुकको शेयर मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा झण्डै ५ प्रतिशतले फेसबुकको शेयर मूल्य बढेर कारोबार बन्द भयो । 
 
हाम्रो जिम्मेवारी खाली टुल्स (उपकरण) बनाउने मात्र होइन, यसलाई सबैको भलाइका लागि उपयोग गर्न आवश्स्त बनाउनु पनि पर्छ जुकरवर्गले भने, हामीले बनाएको टुल्स गलत कार्यका लागि उपयोग हुदां हाम्रो रोक्न सकेनौँ जुकरबर्गले भने असत्य समाचार, गाली गलौज, चुनावमा विदेशीको गलत हस्तक्षेप, व्यक्तिगत विवरणको नजिता जस्ता विषयमा हामीले पर्याप्त कार्य गर्न सकेनौँ, हाम्रो जिम्मेवारी ठिकसँग पुरा गर्न सकेनौँ । यो गल्ती भयो म क्षमा माग्छु ।
 
भविष्यमा फेसबुकलाई अझ परिमार्जित गरेर विश्वमा यसलाई सकारात्मक सञ्चार प्रवाह गर्ने शक्ति बनाउन भरमजदुर प्रयास गर्ने पनि जुकरबर्गले बताएका छन् । 
 
फेसबुकका संस्थापक युवा अरबपती जुकरबर्गको सिनेटमा बयानलाई निकै महत्त्वका साथ हेरिएको थियो । गत अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप यसमा फेसबुकको प्रयोग जस्ता विषय पनि अमेरिकामा बहसमा छन् । गत अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप र फेसबुकको प्रयोगमा छानबिन निकायलाई सहयोग गरिरहेको पनि जुकरबर्गले जानकारी दिएका थिए । 
 
कैम्ब्रिज एनालिटिका नामक एक कम्पनीले फेसबुकमा जोडिने सर्वसाधारणको व्यक्तिगत विवरण लिई विभिन्न पक्षलाई दिएको विषय अहिले विवादमा छ । फेसबुकले करिब ९ करोड व्यक्तिको फेसबुक एकाउन्टबाट  डाटा बाहिर गएको हुन सक्ने जनाएको छ । कैम्ब्रिजले कस्ता विवरण लियो कुन ऐप बनाउनेसँग किन्यो जस्ता पक्ष जाँच गरिरहेको पनि बताए । तस्बिर: सामाजिक संजाल