वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशवासीका नाममा सम्बोधन गरी आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्नेबारे व्याख्या गर्ने बताइएको छ ।
उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेदबारबाट फिर्ता हुने निर्णयका बिषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यकाल अझै पूरा नभएको र आफू बाँकी काम गर्न सक्षम रहेको धारण राख्नेछन् ।
स्थानीय समयअनुसार बिहीबार राति ८ः०० बजे प्राइमटाइम टेलिभिजनमा प्रसारण हुने सम्बोधनमा ८१ वर्षीय डेमोक्र्याट नेताले ‘भविष्यमा के हुन्छ र अमेरिकी जनताका लागि आफूले कसरी काम पूरा गर्नुहुनेछ भन्ने विषयमा आफ्ना धारणा राख्ने बताएका छन् ।
आठदेखि १० मिनेटसम्म चल्ने यो भाषण ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शन र उम्मेदवारी त्याग्न गरिएको हप्तौंको दबाबपछि आइतबार दौडबाट अलग्गिएको घोषणापछिको पहिलो सम्बोधन हुनेछ ।
कोभिड सङ्क्रमणपछि डेलावेयर तटस्थित आफ्नो घरमा एकान्त (आइसोलेसन)मा रहेको बेला उनले अमेरिकीहरूलाई आफ्नो आश्चर्यजनक निर्णयबारे थप जानकारी दिने वाचा गरेका छन् ।
जुलाई १३ मा ट्रम्पविरुद्ध हत्याको प्रयास पछि ओभल अफिसबाट भएको उनको पछिल्लो सम्बोधनको एक हप्ताभन्दा बढी समयपछि यो सम्बोधन हुन लागेको हो ।
डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदको उम्मेदवार बनेकी ह्यारिस र ट्रम्प दुवै चुनावी अभियानमा फर्किएपछि बाइडेनले अमेरिकीहरूलाई आफू राजनीतिबाट अबकास लिएको व्यक्ति नभएको वा आफ्नो राजनीतिक जीवन नसकिएको प्रमाणित गर्न कडा सङ्घर्ष गर्नेछन् ।
रिपब्लिकनहरूले बाइडेनलाई पूर्ण रुपमा राजीनामा दिन आग्रह गर्दै यदि उनी पुनः निर्वाचित हुन योग्य नभएको निश्कर्ष सही भए उनले राष्ट्रपतिका रूपमा काम गर्न पनि योग्य नहुने दाबी गर्दै आएका छन् ।
वरिष्ठ डेमोक्र्याट नेता बाइडेनले गाजामा हमासविरुद्ध इजरायलको युद्धमा अर्थतन्त्रमा विशेष ध्यानकेन्द्रित गर्न र युद्धविराम लक्ष्य हासिल गर्न आफूसँग अझै धेरै कुरा बाँकी रहेको र यसका लागि आफू सक्षम रहेको बताउँदै आएका छन् ।
डेलावेयरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बाइडेनले भने, “बिहीबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्ने र युद्धविरामका लागि सहमतिनजिक पुग्ने सम्भावना छ ।”
मध्यपूर्वमा शान्ति सम्झौता गर्ने बाइडेन पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । जिम्मी कार्टर, बिल क्लिन्टन र डोनाल्ड ट्रम्पले पनि मध्यपूर्वमा शान्तिका लागि पहल गरेका थिए । एएफपी
प्रतिक्रिया