मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

अमेरिकी राष्ट्रपति चुनाव बहस :

हिमालय खबर

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस सुरू भएको छ ।

उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने बाटो खुला भएसँगै उनको लागि सबैभन्दा ठूलो चुनौती नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउनु हुनेछ ।

कमला ह्यारिस पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्नुले एकातिर,डेमोक्र्याटहरूमा नयाँ उत्साह थपेको त देखिन्छ, तर बाइडेन दौडमा हुँदा चिन्ताको विषय नभएका केही कमजोरीहरूलाई पनि उजागर गरेको छ । हालैको चुनावी सर्वेक्षणमा कमला ह्यारिस पूर्वराष्ट्रपति ट्रम्पभन्दा अलि पछाडि देखिएकी थिइन् । अनुमानित सर्वेक्षण तथ्याङ्क र ग्राउण्ड डाटामा सधैँ उतारचढाव हुने सम्भावना रहन्छ ।

तर, राष्ट्रपति बाइडेनको स्वास्थ्य र सार्वजनिकरुपमा बहस गर्ने क्षमतालाई लिएर डिफेन्सिभ मोडमा पुगेका डेमोक्रेटिक नेताहरु ह्यारिस उम्मेदवार बन्ने भएपछि उत्साहित देखिएका छन् ।

कमला ह्यारिसको शक्ति

पूर्वसभामुख न्यान्सी पेलोसीलगायत अन्य सबै प्रमुख प्रतिद्वन्द्वीहरूले कमला ह्यारिसलाई पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवारको समर्थन गरिसकेका छन् । पेलोसी अहिले पनि डेमोक्रेटिक पार्टीको राजनीतिमा सबैभन्दा प्रभावशाली नेता मानिन्छिन् ।

अहिले समग्रमा अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कडा प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छ । उपराष्ट्रपति ह्यारिसले पूर्वराष्ट्रपति ट्रम्पलाई मन नपराउने र प्रमुख स्विङ राज्यहरूमा केन्द्रवादी मतदातालाई आकर्षित गर्नुका साथै केही समयदेखि ओरालो लागेको उनको डेमोक्र्याटिक मत आधारलाई बलियो बनाउनु अवसर जत्तिकै चुनौतीपूर्ण हुनेछ ।

डेमोक्र्याटहरूका लागि ट्रम्प समर्थकहरूको उत्साहको बराबर आफ्ना समर्थकहरूलाई सक्रिय पार्नु धेरै महत्त्वपूर्ण हुनेछ । अर्को पक्ष यसपटक डेमोक्र्याटहरूले चुनावी अभियानमा सबैभन्दा बढी चन्दा पाएका छन् ।

बाइडेनको पछि हट्ने घोषणापछि २४ घन्टामा चन्दामार्फत ८० मिलियन डलरभन्दा बढी उठाइएको छ, जुन यस चुनावमा कुनै पनि उम्मेदवारको लागि एकैदिनमा सबैभन्दा धेरै चन्दा हो । ह्यारिसको चुनावी अभियानले बाइडेन(ह्यारिसको चुनावी अभियानको लागि जम्मा गरेको करिब १० करोड डलर चन्दा रकमबाट बलियो आर्थिक आधार पाउने छ ।

यदि ह्यारिस उम्मेदवार बन्ने भएसँगै उमेरलाई मुद्दा बनाएर राष्ट्रपति बाइडेनलाई घेरेका ट्रम्पलाई अब सोही मुद्दामा घेर्ने प्रयास गर्नेछिन् । ७८ वर्षीय ट्रम्प र ५९ वर्षीय ह्यारिसको प्रतिष्पर्धामा अब उमेर एउटा प्रमुख एजेण्डा बन्ने निश्चितजस्तै देखिन्छ । विगत केही महिनादेखि चुनावी अभियानका क्रममा ट्रम्पले बाइडेनलाई उमेरका कारण कमजोर र सजिलै भ्रमित भएको भन्दै निशाना बनाउँदै आएका थिए भने अब ह्यारिसले सोही विषय ट्रम्पतिर फर्काउने देखिएको छ ।

अर्कोतर्फ ह्यारिसले आफ्नो पक्षमा अश्वेत मतदाताको समर्थन प्राप्त गर्न सक्ने देखिएको छ । भर्खरको सर्वेक्षणअनुसार, अश्वेत मतदाताहरूले बाइडेनको साथ छोडिरहेको देखिएको थियो ।

बराक ओबामाको सन् २००८ र २०१२ को विजयी गठबन्धनजस्तै कमला ह्यारिसले यस चुनावमा पनि अश्वेत मतदाता, अल्पसंख्यक र युवा मतदातालाई एकताबद्ध गरेमा ट्रम्पलाई कडा चुनौती दिनसक्ने देखिएको विश्लेषकहरुले बताएका छन् ।

विशेषगरी केही स्विङ राज्यहरूमा जसले यस पटकको चुनावको टोन तय गर्नेछ । अभियोजकको रूपमा कमला ह्यारिसको पृष्ठभूमिले पनि उनको छवि उज्यालो बनाउन सक्छ । सन् २०२० को चुनावी अभियानमा वामपन्थीले दिएको नारा ‘कमला इज ए कप’ ले यस पटकको चुनावमा ट्रम्पविरुद्धको अभियानमा कमला ह्यारिसलाई सघाउन सक्छ ।

उपराष्ट्रपति कमला ह्यारिस पनि गर्भपतनको मुद्दामा बाइडेन सरकारका लागि पोइन्ट पर्सन बनेकी छिन् । गर्भपतनको मुद्दा हालैका चुनावहरूमा डेमोक्रेटको भोट आधारलाई उत्प्रेरित गर्ने सबैभन्दा प्रभावकारी मुद्दाहरूमध्ये एक साबित भयो ।

ह्यारिसका कमजोरी

ह्यारिसको सबै शक्तिका बाबजुद केही डेमोक्र्याटहरू सुरूमा बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउने पक्षमा थिएनन् । गर्भपतनको मुद्दामा डेमोक्रेट समर्थकहरूमा उत्साह उत्पन्न भए पनि, ह्यारिसको उपराष्ट्रपतिको रूपमा रेकर्ड मिश्रित र औसत रहेको छ ।

प्रशासनको प्रारम्भिक चरणमा, ह्यारिसलाई अमेरिका(मेक्सिको सीमामा आप्रवासन संकटको मूल कारणहरू सम्बोधन गर्ने जिम्मेवारी दिइएको थियो । एनबिसी न्यूजको एन्कर लेस्टर होल्टसँगको जुन २०२१ को अन्तर्वार्तासहित धेरै गलत कदम र कथनहरूले ह्यारिसको छविलाई क्षति पुर्‍याएको मानिन्छ । रिपब्लिकनहरूले कमला ह्यारिसलाई राष्ट्रपतिको सीमा जार भनेर निन्दा गरिरहेका छन् । साथै, उनीहरुले ह्यारिसलाई बाइडेन प्रशासनको अलोकप्रिय अध्यागमन नीतिहरूको अनुहार बनाएर लक्षित गर्न खोजिरहेका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको एउटा कमजोरी उनको उम्मेदवारको रूपमा रहेको ट्र्याक रेकर्ड हो । सन् २०२० मा डेमोक्रेट राष्ट्रपतिको उम्मेदवारीको दौडमा उनले ठूलो असफलताको सामना गर्नुपरेको थियो । ह्यारिसले सुरूमा नेतृत्व लिएका भए पनि उनको असफल अन्तर्वार्ता, स्पष्ट परिभाषित दृष्टिकोणको अभाव र कमजोर चुनावी अभियानले उनलाई प्रारम्भिक निर्वाचन प्रक्रियाबाट नै बाहिर हुनुपर्ने बाध्यात्मक अवस्था निम्त्यायो ।

ह्यारिससँग छाप छोड्ने अवसर

ह्यारिसका लागि सबैभन्दा ठूलो चुनौती हो कि उनी बाइडेनजस्तो राष्ट्रपति होइनन् । यस कारणले, ह्यारिसले आफूलाई बाइडेनका केही अलोकप्रिय निर्णयहरूबाट टाढा राख्न सक्छिन् । रिपब्लिकनहरूले ट्रम्पलाई ‘अत्यधिक अप्रमाणित’ र ‘अत्यधिक जोखिमपूर्ण’ भनी प्रमाणित गरेर राष्ट्रपति पदका लागि ह्यारिसको विरुद्धमा एकमात्र प्रामाणिक उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने विश्वास गरिन्छ ।

तर, आगामी दिनमा उपराष्ट्रपति ह्यारिससँग पहिलोपटक अमेरिकी जनतामा नयाँ छाप छोड्ने मौका छ । यदि उनी यसमा असफल भएमा पार्टीमा द्वन्द्व सुरू हुन सक्छ, जुन अगस्टमा पार्टीको राष्ट्रिय महाधिवेशनमा नयाँ नेता चयनपछि टुङ्गिनेछ । पछिल्ला चार हप्तामा ह्वाइट हाउसको दौडमा तीव्र गतिमा परिवर्तन भएको ह्यारिसले अब आफू ट्रम्पसँग प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने प्रमाणित गर्नुपर्नेछ । -एनके/न्यूज एजेन्सी