मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

इतिहास बेचेरभन्दा वर्तमानमा कर्म गरेमात्र देश बन्छ : केन्द्रीय सदस्य रावल

इतिहास बेचेरभन्दा वर्तमानमा कर्म गरेमात्र देश बन्छ : केन्द्रीय सदस्य रावल


टेक्सस (अमेरिका) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले इतिहास बेचेरभन्दा पनि वर्तमानमा कर्म गरेरमात्र देश र पार्टी अघि बढ्ने विचार व्यक्त गरेका छन् ।

हाल अमेरिका भ्रमणमा रहेका डा. रावलले आइतबार साँझ नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरले आयोजना गरेको कार्यक्रममा उक्त धारणा राखेका हुन् ।

नेपाली कांग्रेसको गैरसरकारी संस्था समन्वय विभाग प्रमुखसमेत रहेका डा. रावलले भने, ‘इतिहास बेचेर खाएर पार्टी र देश नबन्ने देखियो । देश र पार्टी बनाउनका लागि वर्तमानमै कर्म गर्नुपर्छ ।’

उनले नेपालमा बाहिरबाट हेरेजस्तो सबै कुरा तहस नहस भएको नभै केही राम्रा कामहरुको सुरूवात भएकोसमेत बताए । भर्खरै भएको नेपाली कांग्रेस र एमालेबीचको सहमति कोही भ्रष्टलाई बचाउनका लागि नभै देशलाई दीर्घकालीन राजनीतिक निकाश दिन र जनतामा दलप्रति विश्वास जगाउनका निम्ति भएको दाबीसमेत गरे ।

जनसम्पर्क समिति डिएफडब्लुका अधयक्ष ज्ञानेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका नेता हरिबोल भण्डारी, जनसम्पर्क समिति अमेरिकाका संस्थापक सुन्दर कर्माचार्य, पूर्वअध्यक्ष दिनेश शर्मा, धनञ्जय ढकाललगायतले समसामयिक विषयमा र गैरआवासीय नेपाली नागरिकतामा भएका त्रुटिका बारेमा ध्यानाकर्षण गरेका थिए ।

केन्द्रीय सदस्य डा. रावलले प्रवासी नेपालीले नागरिकता, अध्यागमनमा भोग्नुपरेको पीडा लगायतलाई सम्बोधन गर्न पार्टी र सरकारसँग कुरा राख्ने आश्वासन दिएका थिए ।