मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालको विश्वकप यात्रा कठिन बन्दै, खेल रद्द हुँदा नेपाल र श्रीलंकाले एक-एक अंक बाँडे

नेपालको विश्वकप यात्रा कठिन बन्दै, खेल रद्द हुँदा नेपाल र श्रीलंकाले एक-एक अंक बाँडे


अमेरिका । टि-२० विश्वकप क्रिकेटमा नेपालको आउने यात्रा कठिन बन्न पुगेको छ । मंगलबार नेपाल र श्रीलंकाबीचको खेल पानी परेका कारण रद्द भएकाले नेपालको यसपटकको विश्वकप यात्रा कठिन बनेको हो ।

तालिकाअनुसार अमेरिकाको फ्लोरिडामा उक्त म्याच राखिएको थियो । नेपालका खेलाडीको हौसला बढाउन हज्जारौँ नेपाली मैदानमा पुगेका थिए । तर, खेल रद्द भएकाले नेपालको क्रिकेट फ्यानहरु निराश बनेर फर्किएका छन् ।

खेल नभएकाले नेपाल र श्रीलंकाले एक, एक अंक पाएका छन् । अहिले श्रीलंका खेल तुलनात्मक रुपमा विगतको भन्दा कम छ । यो म्याच श्रीलंकाका लागि पनि महत्त्वपूर्ण थियो ।

नेपालले टेक्ससको डलासमा खेलको पहिलो म्याचमा खासै राम्रो गर्न सकेको थिएन । त्यसबेला पहिलो ब्याटिङ गरेको नेपालले १०६ रन मात्र बनाएको थियो । कम रनका कारण नेपाल आफ्नो पहिलो खेलमै नेदरल्याण्डसँग पराजित भएको थियो ।

अब नेपालले बंगलादेश र साउथ अफ्रिकासँग खेल्न बाँकी छ । यी दुवै देशका टिम तुलनात्मक रुपमा मजबुत छन् । यी दुवै म्याच अमेरिकाबाहिर हुने छन् ।

विश्वकप खेल्न आएका नेपाली खेलाडी र नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरु डलासमा विवादमा परेका थिए । क्यान अध्यक्षलगायत पदाधिकारीहरु राष्ट्रका लागि महत्त्वपूर्ण खेल जित्ने उद्देश्यले भन्दा पनि घुमफिरमा आएको जस्तो व्यवहार गरेको भन्दा त्यहाँ आलोचना भएको थियो ।