मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

भाग्यले साथ दिएन नेपालले उलटफेर गर्ने अवस्थाबाट रोकिनुपर्‍यो

भाग्यले साथ दिएन नेपालले उलटफेर गर्ने अवस्थाबाट रोकिनुपर्‍यो


अमेरिका । नेपालले टि-२० क्रिकेट विश्वकपअन्तर्गगत आजको खेलमा ठूलो उलटफेर गर्ने अवसरबाट चुकेको छ । एक रनले नेपाल पराजित भएको छ । यो दुर्भाग्यपूर्ण पराजयसँगै नेपालको विश्वकप यात्रा टुङ्गिएको छ ।

म्याच यस्तो थियो कि हारलाई पत्याउन नेपाली खेलाडीदेखि नेपाली क्रिकेट फ्यानलाई कठिन भएको छ । यस पटक जितेको भए नेपालको क्रिकेट इतिहासमा सबैभन्दा महत्त्वपूर्ण जीत हुने थियो । नेपालले यो हारसँगै इतिहास बनाउनबाट चुकेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा राकेको थियो । बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालले पाएको ११६ को लक्ष्य पूरा गर्ने अवस्था आइसकेको थियो । तर, अन्तिम ओभर निकै उथलपुथलपूर्ण रह्यो । ३ बलमा ४ रन बनाउनुपर्ने अवस्थामा नेपाल पुगेको थियो । त्यसपछि २ बलमा २ रन बनाउनु पर्ने अवस्था आयो । तर, एक रन पूरा गर्न नसक्दा नेपाल हार्न पुग्यो ।

यो हारसँगै नेपालको विश्वकपमा सुपर ८ मा जाने सम्भावना समाप्त भएको छ । अब नेपालले यो चरणको अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । यो खेलको हार जीतले अर्को चरणमा प्रवेशका लागि केही फरक पर्ने छैन ।

टेक्सस डलासमा निदरल्याण्डसँग हार्नु नै नेपालका लागि दुर्भाग्य थियो । श्रीलंकासँग खेल्न नपाउनु र दक्षिण अफ्रिकासँगको यस्तो हारले भाग्य पनि नेपालको पक्षमा थिएन भन्न सकिन्छ ।

दक्षिण अफ्रिका बलियो टिम हो । यो आफ्नो समूहमा अत्याधिक अंकसहित सुपर ८ मा प्रवेश गरेको छ । आजको खेल हारको भए पनि दक्षिण अफ्रिका अर्को चरणमा प्रवेशका लागि केही फरक पर्ने थिएन । यो जितेसकेको हार नेपालका क्रिकेट फ्यानहरुले सधैँ सम्झिने छन् ।