मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
हिमालयखवर विशेष   

वाइेडनले भने नेतृत्वको मसाल नयां पुस्तालाई

वाइेडनले भने नेतृत्वको मसाल नयां पुस्तालाई


अमेरिका- दोस्रो कार्यकालका लागि उम्मेदवार नवन्ने घोषणा गरेका अमेरिकाका राष्ट्रपति जो वाइडेनले नयां पिढींलाई जिम्मेवारीको मसाल सुम्पिने समय आएको वताएका छन् ।

राष्ट्रपति पदका लागि पुन उम्मेदवारी संगै आफ्नो चुनावी अभियान समाप्त भएको घोषणा गरेको केही दिन पछि ह्वाइट हाउस स्थित ओवेल अफिसवाट राष्ट्रका नाममा सम्वोधन गर्दै वाइडेनले भने म राष्ट्रपति पदको सम्मान गर्छु तर, हाम्रो लोकतंत्रको वाटोमा कुनै अवरोध आउनु हुदैंन । यसमा व्यक्तिगत महत्वकांक्षा पनि पर्छ । लोकतन्त्र अगाडी वढाउने सवैभन्दा उत्तम तरीका नै नयां पिढींलाई मसाल सुम्पिनु हो ।

नयां आवाज र युवा आवाजका लागि पनि उपयुक्त समय र स्थान हुन्छ र त्यो समय र स्थान अहिलेनै हो वाइेनले भने । अमेरिकी जनताको राष्ट्रपति हुन पाउनु निकै ठुलो सम्मान भएको वताउंदै वाइडेनले आउने केही महिना पछि हुन लागेको राष्ट्रपति निर्वाचनमा आफ्नो समर्थन कमला ह्यारिसलाई रहेको पनि वताए ।

ओवल अफिसवाट सम्बोधन गर्दा उनका साथ परिवारपनि सगैं थिए । वढ्दो उमेरका कारण वाइडेनले दोस्रो कार्यकालका लागि उम्मेदवार नवन्ने घोषणा गरेका थिए । उनले आफ्नो कार्यकालका बांकी झण्डै ६ महिना राष्ट्रको हितका लागि काम गर्ने पनि वताए ।

वाइडेनले प्रतिस्प्र्धा छाडेपछि उपराष्ट्रपति कमला ह्यारिसले डेमोक्र्याटीक पार्टीवाट राष्ट्रपति उम्मेदवारका रुपमा प्रचार अभियान शुरु गरेकी छिन् । डेमोक्र्याटीक पार्टीको आधिकारिक उम्मेदवार हुने प्रकृया पुरा गर्न वांकी रहेपनि ह्यारिस अरु प्रतिस्पर्धी भन्दा निकै अगाडी छिन् ।

वाइडेनले छाडेपछि गरिएको मत सर्वेक्षणमा पनि प्रतिस्प्धी रिपव्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा आगाडी देखिएकी छिन् । केही दिन अघिवाट ७९ बर्षमा लागेका ट्रम्पको वुढौली उमेर पनि अहिले प्रश्न उठ्न थालेको छ ।

वाइडेनको भाषणलाई ट्रम्पले भने कुटिल भन्दा आफुले ठोस के भन्न खोजेको हो त्यो वुझ्न नसकेको वताएका छन ।

शेयर गर्नुहोस:

1.4k
Shares