मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

नयाँदिल्ली । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको मुद्दामा आरोपित नौ जनाविरुद्ध बुधबार आरोपपत्र दायर गरेको छ ।

अदालतले सबै आरोपितविरुद्ध कसुरको संज्ञान लिएको छ । अभियोग पत्रमा परेका आठ आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो ।

सिबिआईले यस वर्ष अप्रिल ५ मा आइपिसीका विभिन्न दण्डात्मक प्रावधान र बाल न्याय (बालबालिकाको हेरचाह र संरक्षण) ऐन २०१५ अन्तर्गत बच्चाहरूको बेचबिखन र खरिदमा संलग्न आरोपितहरूको नेटवर्कविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको थियो । अनुसन्धानका क्रममा हालसम्म पाँच नवजात शिशुको पनि उद्धार गरिएको छ ।

आरोपितहरू फेसबुक पृष्ठ र ह्वाट्सएप समूहजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा विज्ञापनमार्फत शिशु ग्रहण गर्न चाहने भारतभरका सन्तान नभएका दम्पतीहरूसँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ ।

उनीहरूले धोका दिएर र प्रलोभनमा पारेर आर्थिक रूपमा विपन्न अभिभावकहरूबाट शिशुहरू किनेका थिए । त्यसपछि उनीहरूले प्रतिशिशु चारदेखि छ लाख (भारतीय रुपैयाँ) सम्मको मूल्यमा खाँचोमा परेका दम्पतीलाई जन्म तथा धर्मपुत्रसम्बन्धी नक्कली कागजात बनाएर ठगी गर्ने र जैविक अभिभावकको नक्कलसमेत गरेका थिए ।

उपरोक्त निष्कर्ष सिबिआईले गरेको अनुसन्धान र त्यसले सङ्कलन गरेको प्रमाणका आधारमा भएको हो भन्ने जनतालाई स्मरण गराइएको छ । भारतीय कानूनअन्तर्गत निष्पक्ष सुनवाइपछि दोषी प्रमाणित नभएसम्म आरोपितहरूलाई निर्दोष मानिन्छ । एएफपी

शेयर गर्नुहोस:

108
Shares