मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

कमला ह्यारिसलाई ओबामाको समर्थन

कमला ह्यारिसलाई ओबामाको समर्थन

हिमालय खबर

शेयर गर्नुहोस:

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका छन् ।

ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्वजनिक गर्दै आफू र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन् ।

यसअघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारी फिर्ता लिएर ह्यारिसलाई राष्ट्रपतिको रुपमा समर्थन गरेपछि ओबामासहितका डेमोक्रेटिक नेताहरुले ह्यारिसलाई समर्थन गरेका थिएनन् ।