मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

अन्तर्राष्ट्रिय नुवाकोट समाज स्थापना

अन्तर्राष्ट्रिय नुवाकोट समाज स्थापना


 टेक्सस (अमेरिका) । नुवाकोट घर भै अमेरिका लगायत संसारभर बसोबास गर्दै आएका नुवाकोटेहरुको भर्चुअल भेलाले अन्तर्राष्ट्रिय नुवाकोट समाज नामक संस्था स्थापना गरेको छ ।

जुम मार्फत संसारका बिभिन्न देशमा रहेका नुवाकोटबासीहरूको भेलाले ईन्द्र सिटौलाको अध्यक्षतामा समाजको स्थापना गरेको हो । तत्कालका लागि २१ सदस्यीय कार्यसमिति र २४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यस्तै बिभिन्न देशका १७ जना सम्पर्क संयोजकहरू समेत तोकिएको छ अध्यक्ष सिटौलाले जानकारी दिए । संस्थाको अध्यक्षमा ईन्द्र सिटौला, वरिष्ठ उपाध्यक्षमा रामबाबु पाण्डे, उपाध्यक्षहरूमा राघब लामिछाने, बसन्त पाण्डे, कोमल डोटेल र रामहरी धिताल सर्वसम्मत चयन् भएका छन ।

त्यस्तै महासचिवमा सञ्जीब उप्रेती, सचिवमा आदित्य थापा र विनय खतिवडा र कोषाध्यक्षमा इश्वर अधिकारी चयन भएका छन् ।

त्यस्तै कार्यसमितिका सदस्यहरुमा राजेन्द्र अधिकारी, बिष्णु खड्का, गोकर्णराज पाण्डे, गंगा अधिकारी खनाल, अस्मिता रिमाल, देबकी पन्त, शिवराम लामिछाने, निरञ्जन रिसाल, रमेश गिरी, शंकर सिलवाल र विरोचन नेपाल रहेका छन । संस्थाको सल्लाहकारहरुमा बिष्णुमान प्रधान, अमृत सापकोटा, बासुदेब भण्डारी, कृष्ण लोहनी, सुजन पण्डित, राजेश अर्याल, कोपिला अधिकारी, रामचन्द्र भट्ट, किशोर पण्डित, महेश खड्का, बिष्णु रानामगर, योगेश आदी, कपिल भण्डारी लगायत छन् ।

संस्थाको सम्पर्क संयोजकहरूमा हाललाइ जापानबाट भानु आचार्य, गोबिन्द भण्डारी र सुरज दाहाल रहेका छन् । त्यस्तै बेल्जियमबाट स्पर्शजङ्ग पाठक, अष्ट्रेलियामा बिष्णु सिटौला, बेलायतमा सुनिता थापा, न्युजिल्याण्डमा अच्युत मैनाली, बद्री पाण्डे र दिवश श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै कतारमा सुजन तिम्सिना, मकाउमा बासु सिटौला र नर्वेमा सरोज थापा रहेका छन । क्यानडा संयोजकमा आनन्द नेपाल, पोर्चुगलमा राज अधिकारी, पोल्याण्डमा कृष्ण थापा चयन भएका छन् । नवगठित समाजका अध्यक्ष सिटौलाले नुवाकोटबाट संसारभरि पुगेकाहरूलाइ एक बनाउने र जिल्लामा सहयोग, सामुहिक लगानीका लागि भविष्यमा ठूलो योजनाका साथ अघि बढ्ने तयारी रहेको बताए ।

कार्यक्रममा स्वागत राघब लामिछानेले गरेका थिए भने कार्यक्रम सन्चालन ईन्द्र सिटौला र कार्यसमितीको घोषणा बिष्णुमान गरेका थिए । अहिलेलाइ समाज अमेरिकामा सामाजीक संस्थाका रूपमा दर्ता गरेर संसारभरि शाखा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।