मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

लसएन्जल्स हिमालयन क्लवको चार्टर नाइट कार्यक्रम मार्च २५ मा हुदै

लसएन्जल्स हिमालयन क्लवको चार्टर नाइट कार्यक्रम मार्च २५ मा हुदै


साउथर्न क्यालिफोर्निया बस्नु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनिहरु , 
विभिन्न स्थानीय सामाजिक संघ संस्थाका प्रमुख तथा सदस्यहरु , 
विभिन्न संचार माध्यमका प्रमुख तथा प्रतिनिधिहरु 
न्यानो अभिवादन तथा नमस्कार ..!! 
 
विसुध्द सामाजिक तथा मानवीय विश्वव्यापी अभियानमा हातेमालो गर्दै हामी अन्ततोगत्वा साउथर्न क्यालिफोर्नियाको लस एन्जलसमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै विश्वव्यापी सामाजिक संस्था अन्तरास्ट्रिय लाइन्स क्लबको छाता मुनि समेटिन सफल भएका छौ । लाइन्स क्लब र यसको विश्वब्यापी सामाजिक संजाललाई नजान्ने र नचिन्ने सायदै कमै हुनुहुन्छहोला ,यसका सामाजिक र मानवीय कार्यहरु ले गत वर्ष मात्रै एक शताब्दी नाघेको छ ।यसै सन्दर्भमा CALIFORNIA STATE DISTIRICT 4 – C3. का गभर्नर राजेन थापाको मार्गनिर्देशन तथा CALIFORNIA STATE DISTIRICT 4 – L3 अन्तर्गत स्थापना भएको "लस एन्जल्स हिमालयन क्लब "को आज विधिवत घोषणा गर्न पाउँदा हामी गौरवान्वित भएका छौ र DISTRICT 4-L3 का गभर्नर BHEE DONGHUE प्रति नतमस्तक छौ । 
 
लस एन्जलस सेरोफेरोमा बस्ने नेपाली समुदायको प्रतिनिधित्व गर्दै शुरु गरेको यो ऐतिहासिक सुरुवात मानवीय कार्यको तपाईबाट पनि साथ र सहयोगको आशा गरेका छौ । हामी संस्थाको अन्तरास्ट्रिय विधान (Bylaws) र आचार संहिता (Code of Conduct ) लाइ पूर्ण रुपमा पालना गर्दै यसका मानवीय कार्यमा समर्पित हुने प्रण गर्दछौ । यस सामाजिक तथा मानवीय अभियानमा गोलबन्द हुँदै संस्था मार्फत हामीले गर्ने प्रतिनिधित्वले हामी बसेको शहरबासि तथा तपाई समुदाय सदस्यहरुको सदैव शिर उच्च राख्ने कुरामा हामी प्रतिवद्ध  र समर्पित छौ । हामीले गर्ने हरेक कार्य प्रति हामी समुदाय सदस्य र यस संस्थाको अन्तरास्ट्रिय मान्यता प्रति उत्तरदायी छौ , तपाईले दिएका आर्थिक सहयोग प्रति पारदर्शी हुनेछौ र कुनै पनि कार्यको जस अपजस को भागेदार हुन कन्जुस्याई गर्ने छैनौ । 
 
संस्थाको अन्तरास्ट्रिय वैधानिक प्रक्रियालाइ पच्छ्याउदै " लस एन्जलस हिमालयन क्लब " मा हाल सम्म रहेका २५ संस्थापक सदस्य तथा ४ जना संस्थापक सदस्य हुने क्रममा रहनु भएका स्थानीय समुदाय सदस्य माझ १५ जनाको एक कार्य समिति गठन गरिएको सहर्ष घोषणा गर्न चाहन्छु । जुन तपशिलमा उल्लेख गरिएको छ । 
 
तपशिल: 
Charter President – Surya Prasai 
Charter 1st Vice President – Madan Pathak 
Charter 2nd Vice President – Dolma Lama 
Charter Secretary – Devi Nepal 
Charter Treasurer – Roshani Dhungana Ghimire 
Tail Twister – Shankar Raj Wagle 
Lion Tamer – Shiva Dhakal 
Membership Chair Person – Nabin K. Pokhrel 
Board Directors (Two Years): 
Chandra Siwakoti, Rajendra Siwakoti, Rekh Upreti
Board of Director (One Year):
Yam Thapa, Tulasha Lamsal,  Sita Uprety,  Mira Gautam 
 
अन्य चार्टर सदस्य हरु: 
Aakash baral , Agni Chaulagain,  Mukunda Dhungana, Sangita Lamsal Siwakoti,  Mausami Pathak, Uma Karki Thapa,  Shashi Chaudhari, Krishna Koirala, Goma khatiwoda, Yuba Raj Oli 
 
चार्टर सदस्य हुने क्रम मा रहनु भएका सदस्यहरु: 
Birbal Budhathoki Josheph Ghale Amit Luitel Thakuri Narayan Chand 
 
यसै माझ संस्थाको औपचारिक घोषणा सभा (CHARTER NIGHT ) को कार्यक्रम यहि मार्च २५ तारिख का दिन गरिने भएकोले यसको सम्पूर्ण तयारी पुरा गरिएको छ । सम्पूर्ण समुदाय सदस्य , स्थानीय संघसंस्था का प्रमुख तथा प्रतिनिधि साथीहरु , विभिन्न संचार माध्यमका प्रमुख तथा प्रतिनिधि साथीहरु लाई निम्न समय स्थानमा तपाइको गरिमामय उपस्थितिको लागि हार्दिक निमंन्त्रणा तथा अनुरोध गर्दछु । 
 
स्थान : तारा हिमालयन कुजिन , 
आर्टिसिया लस एन्जलस 
समय : बेलुकी ६ बजे 
 
प्रवेश शुल्क : सहयोग वापत प्रति व्यक्ति $ ५० मात्र 
 
सहयोग र सद्भावको लागि हार्दिक धन्यवाद सहित । 
 
सुर्य प्रसाई 
चार्टर प्रेसिडेन्ट 
लस एन्जलस हिमालयन क्लब 
आर्टेशिया