मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क

देवघाट गलेश्वर आश्रम स्वामी श्री आत्मानन्द गिरिजी अमेरिकमा

देवघाट गलेश्वर आश्रम स्वामी श्री आत्मानन्द गिरिजी अमेरिकमा


अमेरिका- नेपालको देवघाटमा विभिन्न धार्मिक र सामाजिक सेवा गर्दै आउनुभएका स्वामी श्री आत्मानन्द गिरिजीले अमेरिकाका विभिन्न शहरमा नेपाली समुदायसंग भेटघाट गर्नु हुने भएको छ । उहांको अमेरिका भ्रमण यसै साता देखी शुरु भएको हो ।

नेपालको पवित्र तिर्थस्थल देवघाटमा आत्मानन्द गिरिजी आश्रम, संस्कृत स्कुल बृद्ध आश्रम लगायत संचालन लगायत सामाजिक कार्यमा सकृय हुनुहुन्छ । उहांले संचालन गर्दै आउनु भएको गलेश्वर आश्रम देवधाटकै प्रसिद्ध आश्रम हो । त्यहां दैनिक धार्मिक कार्यक्रम लगायत निशुल्क भोजनको व्यवस्था पनि हुन्छ ।

Advertisement

अमेरिका वसाईका क्रममा गिरिजीले न्यूओर्क, बाल्टीमोर, कोलम्बस, सिकागो, विस्कोन्सन, डालास, एटलाण्टा लगायतका शहरमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । ती शहरमा बसोवास गर्ने नेपाली समुदायले उहांको भ्रमणलाई सहजीकरण गरिरहेका छन् ।

आउने अक्टोबर २८ मा उहां नेपाल फर्किने कार्यक्रम छ ।

शेयर गर्नुहोस:

2.8k
Shares