मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्वमा सफल नेपाली   

ड्यालसका गुल्मेलीहरुको बनभोज हुदैं

ड्यालसका गुल्मेलीहरुको बनभोज हुदैं


टेक्सासको ड्यालसमा रहेका गुल्मेलीहरुले बनभोज कार्यक्रम आयोजना गर्ने भएका छन् । आगामी आईतबार युलेशको बियर कृक पार्कमा दिउसो १ बजेबाट ड्यालास वरपर बस्ने गुल्मेलीहरुको बनभोज हुन लागेको बनभोज आयोजक समिती संयोजक दिपक भण्डारीले बताएका छन् । संयोजक भण्डारीका अनुसार गुल्मी जिल्लाबाट ड्यालास वरपर बसोबास गर्नेहरु तथा गुल्मीमा माईती, मावली हुनेहरु समेतलााई निशुल्क प्रबेश दिएर बनभोज आयोजना गर्न लागिएको हो ।

गुल्मेली चौतारी टेक्सास नामको आयोजक समिती निर्माण गरेर गर्न लागिएको बनभोज कार्यक्रमको उदेश्य भनेको गुल्मीको सांस्कृतिक र धार्मिक पक्षलाई जानकारी दिंदै एक आपासमा सम्बन्ध बिस्तार गर्ने रहेको आयोजक मध्येक एक सागर अर्यालले बताएका छन् ।

Advertisement
ADVERTISEMENT

ड्यालस वरपर रहेका समाजका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई समेत निमन्त्रणा गरिएको बनभोज कार्यक्रम फरक र ऐतिहासीक बनाउने प्रयासमा रहेको आयोजकहरुको भनाई छ ।
गुल्मी जिल्लाबाट ड्यालास वरपर मात्र लगभग ५०० परिवार रहेको अनुमान गरिएको छ । गुल्मी जिल्लामा दशैंमा आयोजना हुने सराय नाचं, गुल्मेली सास्कृतिक नांच लगायतका बिभिन्न मौलिक प्रस्तुती रहने बनभोज कार्यक्रममा गुल्मी सम्बन्धी थप जान्न र त्यंहाबाट आएका वुबा आमाका यहि जन्मेका सन्तानलाई समेत गुल्मीको बारेमा धेरै कुरा जान्न मिल्ने अपेक्षा गरिएको आयोजक सदस्य नारायण क्षेत्रीले बिश्वास ब्यक्त गरेका छन् ।

बिना शुल्क आयोजना हुन लागेको बनभोज कार्यक्रममा आउन गुल्मेलीहरुलाई खुल्ला आब्हान गरिएको छ । आईतबार दिउसो हुने कार्यक्रम दिउसो १ बजेबाट साझं ६ बजेसम्म चल्ने छ ।

शेयर गर्नुहोस:

2.2k
Shares