ड्यालस (टेक्सस), अमेरिका– झण्डै डेढ महिनापछि आउन लागेको हिन्दूहरुको पर्ब होली मनाउन नेपाली समुदायले अहिलेदेखिनै तयारी थालेका छन् ।
युलेस नेपाली समाजले आउँदो मार्च १२ तारिक आईतबार भव्य होली कार्यक्रम राखेको छ । अघिपछिका चाडपर्बहरु कुनै पनि सोही दिन मनाउन नपाउने प्रवासी पीडाबीच होली भने फागुपूर्णिमाकै दिन मनाउन पाइने भएको छ ।

स्थानीय समाजसेवी टीका पौडेल
युलेसको ओकरिज पार्कमा आयोजना गर्न लागिएको होली कार्यक्रममा सहभागी हुनका लागि स्थानीय समाजसेवी टीका पौडेलले सबै नेपालीहरुलाई आव्हान गर्नुभएको छ । यो क्षेत्रका सबै नेपाली संघसंस्थाहरूसँग समन्वय गरेर होली मनाउन लागिएको छ, एकदिन भएपनि सबै नेपाली एकै ठाउँमा भेला भएर रंगको पर्व होली खेल्न म विशेष निमन्त्रणा गर्दछु, उहाँले भन्नुभयो ।
होली पर्वमा सबैलाइ प्रवेश निशुल्क गरिनुका साथै खानेपिउने व्यबस्था समेत निशुल्क गरिएको छ । मार्च १२ तारिक मैसम अनुकुल नभएमा एकसाता अघिनै होली मनाइने जनाइएको छ। सबै नेपाली एकजुट भएर होली मनाउँ, एकैठाउँमा बसेर मनाउँ र रंग अलग भएपनि एकै मन लिएर मनाउँ, समाजसेवी पैडेलले अपिल गर्नुभएको छ ।
प्रतिक्रिया