मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

नवौं क्षेत्रिय सम्मेलनको आवश्यक तयारी पूरा भई सकेको र सम्मेलनमा सहभागिताको लागि अपिल

नवौं क्षेत्रिय सम्मेलनको आवश्यक तयारी पूरा भई सकेको र सम्मेलनमा सहभागिताको लागि अपिल


अगस्त २४, २०१६ I गैर आवासीय नेपाली संघ (एनआरएनए) का आदरणीय संस्थापक, संरक्षक, सल्लाहकार, संघमा आवद्ध बिभिन्न देशका उच्च प्रतिनिधी, सदस्य, पत्रकार एवं अन्य सबैमा नमस्कार ।

 

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन शूरु हुन अब ३ दिन मात्र बाँकी छ । नवौं क्षेत्रिय सम्मेलनको आवश्यक तयारी पूरा भई सकेको र सम्मेलनमा सहभागिताको लागि बिभिन्न देशबाट संघका उच्च प्रतिनिधीहरुको आगमन भईरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । यस घडिमा सम्मेलन तयारीको लागि अहोरात्र खटी रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सी राज्यमा आयोजना गर्न पाउनु हामी अमेरिकाबासी प्रवासी नेपालीहरुको सौभाग्यको विषय हो । यस सम्मेलन आपैmमा ऐतिहासिक एवं महत्वपूर्ण सम्मेलनको रुपमा सम्पन्न हुनेछ भन्ने कुरामा म यस सम्मेलनको संयोजकको हैसियतमा विश्वस्त रहेकोछु ।

 

एनआरएनएको गरिमा र प्रतिष्ठा देश–बिदेशमा बढ्दै गएको बर्तमान परिप्रेक्ष्यमा सम्पन्न हुन लागेको यस नवौं क्षेत्रिय सम्मेलनलाई संसारभरबाट बिशेष महत्वका साथ हेरिदै आएको छ । यस सम्मेलनले संघको प्रतिष्ठा र साख अझ उँचो पार्ने र संघप्रतिको आर्कषण अझ बढ्ने कुरामा विश्वस्त छु ।

 

आगामी अगस्त २७ र २८ तारिख आयोजना हुन लागेको यस नवौं सम्मेलन सहभागिताको हिसाबले मात्र नभएर बिभिन्न नीति निमार्ण र कार्यक्रमको हिसाबले समेत ऐतिहासिक सम्मेलनको रुपमा सम्पन्न हुनेछ । संघको स्थापनाकालसँगै हामीले नेपाल सरकारसँग माग्दै आएको नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको स्वोदेशमा हक र अधिकार प्राप्तिको लागि तात्कालिन नेपाल सरकारका प्रमुख, संवैधानिक अंगका उच्च पदाधिकारी लगायतले अत्यन्त महत्व र चासोका रुपमा लिएर सकारात्मक कदम लिएकोमा हामी नेपाल सरकार र मातहतका पदाधिकारीहरुप्रति आभारी छौं । सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु हुने पुर्व सभामुख एवं सुबास नेम्बाङ्गले यस विषयमा पक्कै पनि थप सम्बोधन गर्नु हुनेछ ।

 

बैशाख १२ मा नेपालमा गएको विनासकारी महाभुकम्प र त्यसपछि गएको कैयौं पराकम्पन पश्चात् एनआरएनएले तात्काल उद्धार कार्यसँगै पुर्नःवासको बिभिन्न कार्यक्रमहरुको लागि अग्रस्थानमा रहेर कार्यसम्पादन गरेको र कैयौं कार्यक्रमहरु सूचारु अवस्थामा रहेको हामी सबैमा विदितै छ । नवौं सम्मेलनमा यस विषयमा पनि बृहत् छलफल गरिने यहाँहरु सबैमा जानकारी गराउन चाहन्छु ।

नवौं सम्मेलनमा सफल नेपाली व्यवसायीहरु बिनोद चौधरी, उपेन्द्र महत्तो र डा. शेष घलेले व्यवसायिक सफलता र सम्भावनाहरुको बारेमा सम्बोधन गर्नु हुनेछ । वहाँहरुको प्रेरणादायी सम्बोधन यस सम्मेलनको अर्काे आर्कषर्णको रुपमा रहनेछ ।

 

नवौं सम्मेलनमा संघले आगामी ४ बर्षमा सम्पन्न गर्ने बिभिन्न कार्यक्रमहरुको गुरुयोजना स्वरुप “भिजन २०–२० एण्ड बियोण्ड” बिषयमा बृहत्तर छलफल गरी भावी कार्यक्रमहरु प्रस्तुत गर्नेछ । यससँगै विश्वका बिभिन्न ७४ देशमा स्थापित अन्तर्राष्ट्रि समन्वय परिषद (आईसिसी) र राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुको प्रगति विवरण र कार्यक्रमहरुको बारेमा मातहतका प्रतिनिधीहरुले जानकारी गराउनेछन् ।

अन्तमा यस ऐतिहासिक सम्मेलनमा यहाँहरु सबै उपस्थित भई संघसँग कार्यगत एकता अघि बढाउँदै आवश्यकीय नीति निमार्णमा यहाँहरुको सल्लाह, सुझाव र रायको अपेक्षा गर्दछौं ।

 

 

 

 

 

 

     

       सोनाम लामा

        (संयोजक)
एनआरएनए नवौं क्षेत्रिय सम्मेलन
          एवं 
   क्षेत्रिय संयोजक
     अमेरिका