मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

नवाहमा आइतबार सात लाख डलरको प्रतिवद्धता

नवाहमा आइतबार सात लाख डलरको प्रतिवद्धता

आइतबार सबैभन्दा बढी एकलाख ५५ हजार ५ सय ५५ डलर सहयोग गर्ने घोषणा कृष्ण पन्त


आइतबार सबैभन्दा बढी एकलाख ५५ हजार ५ सय ५५ डलर सहयोग गर्ने घोषणा कृष्ण पन्त र नागिन पन्त दम्पत्ति

ड्यालस (अमेरिका) । मंगलबारदेखि सुरु भएको नवाह महायज्ञको छैठौँ दिन आइतबार ७ लाख १९ हजार डलर सहयोगको प्रतिवद्धता आएको छ ।

आइतबार संस्थापक सदस्य, ट्रष्टी, प्याट्रोन, वाल अफ अनर बनेर मन्दिरको निर्माणाधिन परियोजनामा सहयोग गर्न धेरैले चासो देखाएका थिए । तीन वर्ष भित्र तिरिसक्नेगरि ७ लाख १९ हजारको प्रतिवद्धता आएको मध्य चेक, चेक र क्रेडिट कार्ड मार्फत एकलाख ५३ हजार सहयोग प्राप्त भैसकेको जनाइएको छ ।

नौ दिने महापुराणको छैठौ दिनसम्म आइपुग्दा बिभिन्न प्रकारको सदस्यता लिएर २३ लाख सहयोगको प्रतिवद्धता मन्दिरले प्राप्त गरेको छ ।

आइतबार सबैभन्दा बढी एकलाख ५५ हजार ५ सय ५५ डलर सहयोग गर्ने घोषणा कृष्ण पन्त र नागिन पन्त दम्पत्तिले गरेका छन् । यस अघिनै पन्त दम्पत्तिले केही रकम चुक्ता गरिसकेकोमा सदस्यता अपग्रेड गर्दै एकलाख ५५ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै यमुना भट्टराई र नन्दीकेशर भट्टराई दम्पत्तिले एकलाख ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् । टेक्ससका अर्का व्यबसायी नरेशराज पाण्डे दम्पत्तिले पनि एकलाख ११ हजार एकसय ११ डलर सहयोगको घोषणा गरेका छन् ।

संस्थापक सदस्य, ट्रष्टी लगायत सबै प्रकारका सदस्यताका लागि एकै पटक सबै रकम चुक्ता गर्नु नपर्ने र तीन वर्षभित्र तिरिसक्नुपर्ने सहुलियत दिएपछि समुदाय र मन्दिरलाई मायाँ गर्ने, चासो दिनेहरु धेरैले सदस्यता लिन इच्छा देखाएका छन् ।

नेपालकै जस्तो आकार–प्रकारको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा निर्माण गर्ने उद्वेश्यले महायज्ञ सुरु भएको हो ।

नवाह सुरु भएको पहिलो दिन चारलाख ५० हजार, दोस्रो दिन एकलाख २२ हजार, तेस्रो दिन एकलाख २४ हजार र चौथो दिन दुईलाख ५२ हजारको प्रतिवद्धता भक्तजनहरुले गरेका छन् । नयाँ मन्दिर बनाउन झण्डै ५० लाख डलर लाग्ने अनुमान गरिएको छ ।