मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

ड्यालसमा नवाह महायज्ञ सुरु (भिडियो/फोटो )

ड्यालसमा नवाह महायज्ञ सुरु (भिडियो/फोटो )

पहिलो दिननै चारजनाद्वारा जनही एकएक लाख सहयोग घोषणा


ड्यालस (अमेरिका) । नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रको आयोजनामा मंगलबारदेखि टेक्ससको ड्यालसमा नवाह महायज्ञ सुरु भएको छ ।

आउँदो अप्रिल १७ सम्म चल्ने नवाहको मंगलबार विशेष समारोहबीच उदघाटन भएको छ । पण्डित दिनबन्धु पोखरेलद्वारा नौ दिनसम्म कथा वाचन हुने नवाहको मंगलबार भव्य कलशयात्रा कार्यक्रम पनि सम्पन्न भएको छ ।

एकहजार ८ कलश बोकेका भक्तजनको समूहले मन्दिर परिसर परिक्रमा गर्दा निकै आकर्षक देखिएको थियो ।

उदघाटन समारोहमा मन्दिर रहेको युलेस सिटीकी मेयर लिण्डा मार्टिन, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टी अध्यक्ष रमेश पोखरेल, कार्यसमिति अध्यक्ष सीता सापकोटा, मन्दिरका मुल पुरोहित डा. शेखर पण्डित लगायतले शूभकामना व्यक्त गरेका थिए ।

युलेस सिटीकी मेयर लिण्डा मार्टिन

निर्माण हुन लागेको पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपको लागि सहयोग संकलन गर्ने प्रमुख उद्वेश्यले सुरु भएको महायज्ञको पहिलो दिन स्थानीय चारजनाले एक÷एक लाख डलर सहयोगको घोषणा गरेका छन् ।

डिएफडब्लु मेट्रोप्लेक्समा बसोबास गर्दै आएका नरेश पाण्डे, यमुना भट्टराई, उपेन्द्र ढकाल र विष्णु भेटवालले एकलाख सहयोग गर्ने घोषणा गरेका छन् । एकलाख डलर सहयोग गर्ने दातालाई मन्दिरले ‘वाल अफ अनर’ प्रदान गर्ने नीति छ ।

यसअघिनै व्यबसायी शैलेन्द्र मानन्धरले एकलाख डलर सहयोग गरेर वाल अफ अनर भैसकेका छन् ।

अमेरिकाभरिकै नेपालीहरुले गौरव महसुस गर्नेगरि नेपालकै जस्तो पशुपतिनाथ मन्दिरको साइज र स्वरुपमा यहाँ मन्दिर बनाउने गरि समिति अघि बढेको छ । टेक्ससमा नेपालीहरुको संख्या बढेसँगै मन्दिरमा नियमित उपस्थित हुने भक्तजनको संख्या उल्लेख्य रुपमा बढेका कारण भव्य मन्दिर र सामुदायिक केन्द्रको टड्कारो आवश्यक परिसकेको महसुस स्थानीयले गरेका छन् ।

मंगलबारदेखि सुरु महायज्ञका लागि ड्यालस फोर्टवर्थका नेपालीहरुको संस्थाहरु नेपाली समाज टेक्सस लगायतले सकृयताका साथ सहयोग गरिरहेका छन् ।