मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

नवाहमा शनिबार ६ लाख डलरको प्रतिवद्धता

नवाहमा शनिबार ६ लाख डलरको प्रतिवद्धता

शनिबार तीनहजार चारसयको सहभागिता


शनिबार चारलाख ९७ हजार डलर प्रतिवद्धता र एकलाख १८ हजार नगद संकलन भएको समाजसेवी निरज श्रेष्ठले हिमालय खबर जानकारी दिए । ।

ड्यालस (अमेरिका) । मंगलबारदेखि सुरु भएको नवाह महायज्ञको पाँचौ दिन शनिबार ६ लाख भन्दा बढीको प्रतिवद्धता आएको छ ।

शनिबार एकै दिन संस्थापक सदस्य, ट्रष्टी सदस्यता लिएर मन्दिरलाई सहयोग गर्नेहरुको संख्या निकै बढेको छ । शनिबार चारलाख ९७ हजार डलर प्रतिवद्धता र एकलाख १८ हजार नगद संकलन भएको समाजसेवी निरज श्रेष्ठ जानकारी दिए ।

शनिबार चारलाख ९७ हजार डलर प्रतिवद्धता र एकलाख १८ हजार नगद संकलन भएको समाजसेवी निरज श्रेष्ठले हिमालय खबर जानकारी दिए । । पाँचौ दिन शनिबारसम्म मन्दिर, स्तुपा सहितको सामुदायिक भवन निर्माणको लागि १६ लाख डलरको प्रतिवद्धता प्राप्त भएको जनाइएको छ ।

पाँचौ दिन शनिबारसम्म मन्दिर, स्तुपा सहितको सामुदायिक भवन निर्माणको लागि १६ लाख डलरको प्रतिवद्धता प्राप्त भएको जनाइएको छ ।

संस्थापक सदस्य, ट्रष्टी सदस्यताका लागि एकै पटक सबै रकम चुक्ता गर्नु नपर्ने र तीन वर्षभित्र तिरिसक्नुपर्ने सहुलियत दिएपछि समुदाय र मन्दिरलाई मायाँ गर्ने, चासो दिनेहरु धेरैले सदस्यता लिन इच्छा देखाएका छन् ।

नेपालकै जस्तो आकार–प्रकारको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा निर्माण गर्ने उद्वेश्यले महायज्ञ सुरु भएको हो । नवाह सुरु भएको पहिलो दिन चारलाख ५० हजार, दोस्रो दिन एकलाख २२ हजार, तेस्रो दिन एकलाख २४ हजार र चौथो दिन दुईलाख ५२ हजारको प्रतिवद्धता भक्तजनहरुले गरेका छन् । नयाँ मन्दिर बनाउन झण्डै ५० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

नेपालीहरुले गौरव गर्ने डिजाइन, सामुदायिक केन्द्र सहितको सुविधा रहने मन्दिर निर्माणका लागि सबैसँग आव्हान गरिएको छ । ‘ड्यालस फोर्टवर्थका हरेक परिवार संस्थापक सदस्य मात्र बनिदिने हो भने हामीले चाहेको मन्दिर, स्तुपा बन्नेछ । त्यसको लागि सबैले एक पटक मुठ्ठी खुल्ला गरेर सहयोग गरिदिनका लागि हाम्रो विनम्र अनुरोध छ’ मन्दिर बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारीले भने ।

पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको अलग अलग संरचना निर्माणपछि अहिलेको मन्दिर भएको भवन पुरै सामुदायिक केन्द्रमा रुपान्तरण हुनेछ । त्यसले गर्दा स्कुल, सामुदायिक गतिविधि, स्वास्थ क्लिनिक सञ्चालनमा सहजता थपिने विश्वास मन्दिरका पदाधिकारीहरुको छ ।

मन्दिरमा शनिबार मात्र तीनहजार चारसय भक्तजनहरुको सहभागिता रहेको दर्ता समितिका संयोजक बासु श्रेष्ठले जानकारी दिए ।