मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टेक्ससको नेपाली समाजमा पुनः वाग्ले

टेक्ससको नेपाली समाजमा पुनः वाग्ले


ड्यालस (टेक्सस), अमेरिका । नेपाली समाज टेक्सस (एनएसटी) को शनिबार भएको निर्वाचनले राजेन्द्र वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आइतबार सबेरै बिहान २ बजे प्रकाशित नतिजा अनुसार अध्यक्षमा विजयी वाग्लेले ८८५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाएका छन् । निकै चर्को प्रतिस्पर्धा मानिएको यो निर्वाचन परिणाम पछि वाग्लेले आउँदो दुई वर्ष नेपाली समाज टेक्ससको नेतृत्व लिने भएका छन् । उनी वर्तमान कार्यसमितिमा पनि अध्यक्ष हुन् ।

नेपाली समाज टेक्ससका दुईहजार ५ सय १२ सदस्य छन् । यी मध्य शनिबारको निर्वाचनमा एकहजार ५ सय ६४ जनाले मतदान गरेका थिए । सन् १९९७ मा स्थापना भएको नेपाली समाज टेक्सस अमेरिकाका नेपालीहरुको पुरानो संस्थाहरु मध्यको एक हो ।

शनिबारको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सहकोषाध्यक्षमा गोबिन्दराज जोशी, युवा संयोजकमा प्रविश श्रेष्ठ, स्पोर्टस संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भएका छन् ।

यसअघिनै महिला उपाध्यक्षमा साबित्री भण्डारी र महिला संयाेजकमा शान्ता कुमारी गिरी निर्विरोध भैसकेका थिए ।

कार्यसमितिका पाँच सदस्यहरुमा राधिका खराल, राधा अधिकारी पौडेल, रमेश अधिकारी, जीवलाल भुसाल र मनोज धिताल निर्वाचित भएका छन् ।

दुई प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तर नतिजा भने मिश्रीत आएको छ । सदस्य मतदाताहरुको रोजाईमा प्यानल भन्दा पनि स्थानीय समुदायमा भिजेका व्यक्तिहरु परेका छन् ।

निर्वाचन सौहाद्रपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति निर्वाचन प्रमुख बैकुण्ठ बिक्रम थापाले धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।
वृस्तृत जानकारीका लागि हेर्नुहोस् मत परिणाम–