मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाली समाज टेक्सस निर्वाचन १५६४ मत मात्र खस्यो

नेपाली समाज टेक्सस निर्वाचन १५६४ मत मात्र खस्यो

मत गणना शुरु


अमेरिका-नेपाली समाज टेक्सस (एनएसटी)को नयाँ नेतृत्वका लागि शनिबार भएको चुनावमा १५६४ मत मात्र खसेको छ । करिब २५१२ सय मतदाता रहेको एनएसटीमा तुलनात्मक रुपमा कम मत खसेको हो ।

यो कुल मतको करिब ६२ प्रतिशत हुन आउँछ । एनएसटीको नेतृत्वका लागि दुई समूहले प्यानल बनाएर चुनावमा होमिएका थिए । सामाजिक संस्थामा यसरी प्यानल बन्नुलाई कतिपयले मन पराएका थिएनन् ।

टेक्ससमा बस्ने नेपाली समुदायका लागि स्थापना भएको एनएसटी डलासमा केन्द्रित समाजिक संस्था हो । यस संस्थाको अध्यक्षमा वर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले पुनः उम्मेदवारी दिएका थिए । संस्थाका पूर्व महासचिव कमल सत्यालले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । दुवै प्रत्यासीले प्यानल बनाएका थिए ।

एनएसटीले टेक्ससमा आपत् विपतमा परेका नेपाली समुदायलाई सहयोग गर्दै आएको छ । यसबाहेक एक वर्षअघि अमेरिकाको ह्वाइट हाउसका पदाधिकारीसँग पनि समुदायका मुद्दाका बारेमा छलफल गरेको थियो ।

स्थानीय समयअनुसार ९ बजेबाट मत गणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । मध्येरातसम्म नतिजा आइसक्ने जनाइएको छ ।