मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

एनएसटी निर्वाचनको तयारी अन्तिम चरणमा

एनएसटी निर्वाचनको तयारी अन्तिम चरणमा

चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउन निर्वाचन समितिको आह्वान


नेपाली समाज टेक्सासको नयाँ नेतृत्को लागि हुन गईरहेको निर्वाचनमा वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब महासचिब कमल सत्यालले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सास (एनएसटी)को नयाँ कार्यसमिति चयनको लागि आउँदो शनिवार (डिसेम्बर १६) निर्बाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्बाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको निर्बाचन समितिले जनाएको छ ।

एनएसटी निर्बाचन समितिका सँयोजक बैकुण्ठबिक्रम थापाले बिहिबार बेलुकी जूम मार्फत पत्रकार सम्मेलनको आयोजना गरि डिसेम्बर १६ मा सम्पन्न हुने निर्बाचन सौहार्दपूर्ण वातारणमा सम्पन्न गर्न समुदाय र सरोकारवाला सबैले भूमिका खेल्नु पर्ने कुरामा जोड दिए ।

नेपाली समाज टेक्सस नेपाली समुदायको बृहत सहभागिता र सहयोगमा स्थापित सँस्था भएकोले यसको निर्बाचन लोकतान्त्रिक बिधिबाट सम्पन्न गरि सँस्थालाई सुदृढ बनाउनु पर्ने थापाले बताए ।

सँयोजक थापाका अनुसार निर्बाचनको लागि आबश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ । निर्बाचनमा २ हजार ५ सय १२ मतदाता रहेको भएपनि करिब २ हजारको आसपासमा मत खस्ने अनुमान गरिएको छ । निर्बाचनको लागि यही शनिबार बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म युलेसस्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपति नाथ मन्दिर) सम्पन्न हुने र निर्बाचन सम्पन्न भएको २ घण्टामा मतगणना सक्ने गरि तयारी भईरहेको समितिले जनाएको छ ।

निर्वाचनमा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्षहरु र नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका वर्तमान २ जना अध्यक्षबाट पर्यबेक्षण गराउने व्यवस्था मिलाईएको छ भने पत्रकारहरुलाई पनि निर्बाचनको समाचार सँकलनको लागि पासको व्यवस्था गरिएको सँयोजक थापाले जानकारी दिए ।

पत्रकारहरुले सोधेका बिभिन्न प्रश्नको जवाफ निर्बाचन कमिटीका सँयोजक बैकुण्ठबिक्रम थापा, सदस्य बिजयराज भट्टराईले दिए । नेपाली समाज टेक्सासको नयाँ नेतृत्को लागि हुन गईरहेको निर्वाचनमा वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब महासचिब कमल सत्यालले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिले बुधवार निर्वाचन आचारसंहिता जारी गरेको थियो । आचारसंहिता अनुसार विहिवारदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा उम्मेदवारहरुलाई चुनावी प्रचारप्रसार गर्न निषेध गरिएको छ ।