मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
विचार / ब्लग    

लाहुरे भन्दा गुण्टा अघिअघि 

लाहुरे भन्दा गुण्टा अघिअघि 

Vishan Neupane

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हो, लाहुरे भन्दा गुण्टा (लाहुरबाट सामान बोकेर ल्याउने बाकस) अघि अघि । यो नेपाली समाज टेक्ससको ताजा चुनावी माहोलले देखाएको दृश्य हो यो । तपाईंलाई सजिलो बनाईदिउँ यहाँ लाहुरे चुनाबमा उठ्ने नेता हुन् भने गुण्टा उनका आसेपासे । अहिले लाहुरेलाई भन्दा गुण्टालाई भ्याई नभ्याई छ भोट माग्न, चाप्लुसी गर्न, लाहुरे रिझाउन । हामी धेरै कुरा देख्छौँ सुन्छौँ र कतिपय कुरामा प्रतिकृया दिन जरुरी ठान्दैनौँ । तर सधैं चुप बसेर पनि भएन यी गुण्टाहरुले समाजमा भयंकर योगदान दिएका छन । यिनका बिषयमा बोलिदिने कोही त हुनु पर्‍यो नि ! होइन ? आउनुहोस् नेताको मात्रै कति कुरा गर्ने आज एकैछिन गुण्टाको पनि गुनगान गाउँ । 

जबजब चुनाव नजिक आउँछ गुण्टाहरु सल्बलाउन थाल्छन् । गुण्टाहरुको पहिलो काम हो भोट बनाउने, यिनीहरु यति दिलदार छन् कि अरुको पैसा खर्च नहोस् भनेर आफ्नो गोजीको पैसा हालेर अर्काको सदस्यता बनाईदिन्छन् । यो एन एस टिको मात्र सन्दर्भ होइन एनाआरनको चुनाबको हकमा पनि यी गुण्टाहरुको एउटै गाईडलाइन छ । भोट बनाईसकेपछि अब खेल सुरु हुन्छ, “उसँग यती भोट छ, त्यस्लाई उठायो भने जित्न सक्छ, त्यस्ले हार्छ होला खासै भोट बनाउन सकेको छैन त्यस्लेयस्ता कुरा सुन्न तपाईंलाई टाढा जानु पर्दैन, नजिकैको नेपाली रेस्टुरेन्ट जानुस्, आजकाल गुण्टाहरुको बास उतै छ । उनका ठुलो स्वर नचाहँदा नचाहँदै पनि तपाईंको कानमा ठोक्किहाल्छ । उम्मेदवारी पक्कापक्की भएपछी अब प्रचारबाजी सुरु हुन्छ, फेसबुकमा अर्को पक्षलाई गाली बेईज्जती र आफ्नो पक्षको देवत्वकरण । अर्को चरणमा मेम्बरशिप लिएकाहरुको मोबाइलमा घण्टी बज्न थाल्छन, “नमस्कार म फलानो …. फलानो लाई यसपली तपाईंको सहयोग चाहिएको छ। एकपटक आँखा बन्द गरेर साम्झिनुस् त यदी तपाईं ड्यालासबासी हो भने यो आलेख पढ्नु भन्दा अगाडिनै कम्तिमा ४५ जना गुण्टाहरुको फोन कल तपाईंको मोबाइमा आईसकेको हुनुपर्छ । हो ठ्याक्कै त्यै गुण्टाहरु हुन मैले कुरा गरेको ! मैले तपाईंलाई सजिलो होस् भनेर यी गुण्टाहरुको तीन भागमा बिभाजित गरेको छु । 

पहिलोश्रमजीवी गुण्टा । यिनिहरु भर्खर भर्खर नेपालबाट आएका हुन, भोली कसैलाई काम खोज्नु पर्‍यो भने एक दुई जना ग्याँस स्टेसन साहूजी चिनिराख्यो भने काम लाग्छ त्यसैले आफ्ना साथीहरुलाई भनेर भोट माग्दिन्छु भन्ने टोली । अरु गुण्टाहरु भन्दा यिनिहरु अली भद्र र आफ्नो गरिखाने हुन्छन् । 

दोश्रोसाँढे गुण्टा । यिनिहरुको पाटनर्शिपमै भएपनी कम्तिमा एकाध ग्यास स्टोशन अथवा अन्य केही ब्यापार ब्यबसाय छ। यिनिहरुलाई मान्छे चिन्नु छ । म पनि नयाँ साहूजी भैसकेँ भनेर हल्ला गर्नुछ । यो गुण्टा टोली नेपालको फोहोरी राजनिती अमेरिकामा पनि गर्नु पर्छ भन्ने मानसिकता राख्छ । यो गुण्टा टोली कुन पार्टिको भन्ने भर हुँदैन । उ एकै दिनमा बिहान काँग्रेस बनेर घरबाट निस्किन्छ, नास्ता गर्दा एमाले हुन्छ, घर फर्किँदा माओबादी बनेर फर्किन्छ र सुत्नु अघी राजा आउ देश बचाउ भन्ने फेसबुक स्ट्याटस पोस्ट गर्छ र सुत्छ । यी ताक परे तिवारी नत्र गोतामे वाला टोली हुन। आफ्नो फाईदा अनुसार चाप्लुसि गर्ने टोली ! यी गुण्टाहरुको काम अहिले रेस्टुरेन्टमा घेराबन्दी गर्ने, अरुलाई फोन गर्न लगाउने, ४ पेग रक्सी किनेर खाने/खुवाउने, निकट भबिष्यमा आफु पनि चुनाबमा उठ्छु होला भन्ने छनक देखाउने टोली ।

 तेश्रोसाहूजी गुण्टा । यी बडो अचम्मका गुण्टा हुन् । यिनको समाजमा छुट्टै अस्तित्व छ । गुण्टा नम्बर एक र दुइलाई कसरी आफ्नो फाईदा अनुसार नचाउने भन्ने यिनको मुल एजेण्डा हो । यिनी आफुसँग पैसा र पावर छ भन्ने सामाजिक हैसियत कायम राख्न खोज्छन् र अरु गुण्टाहरुलाई पछी लगाउँछन् । साहूजी गुण्टालाई भोली आफ्नो चुनावी प्रचारमा बाधा नहोस् भनेर आफ्नो खेमाको उमेद्द्वारलाई जिताउनु छ । यिनी आफुले भनेजस्तो हुने भयो भने जतिपनी पैसा खन्याउन तयार छन्, बाहिर एउटा टोलीलाई समर्थन गरेजस्तो भित्र भित्रै दुबै उमेद्द्वार लाई चेक एण्ड ब्यालेन्स मा राख्न माहिर छन् यिनिहरु । यो पढ्दै गर्दा २४ जना साहूजी गुण्टाहरुको नाम तपाईंको मानसपटल घुसिसकेको हुनुपर्छ । 

हाम्रो समाज यती गज्जब छ कि हामी अझै पनि चीनजान र आफ्नो ब्यक्तिगत फाईदा हुने उमेद्द्वारलाई भोट हाल्छौँ । यति बिकसित राष्ट्रमा बसेर पनि आफ्नो क्षणिक सम्बन्ध र लाभलाई पाखा लगाउने आँटनै गर्दैनौँ । यि गुण्टाहरुलाई खबरदारी होइन उल्टै पोस्छौ, साथ दिन्छौँ । चुनावमा जस्ले जिते पनि आफ्नो घरको चुलोमा आगो आफौँले बाल्नु पर्ने हो, त्यती सानो हेक्का पनि राख्दैनौँ । अहिलेलाई गुण्टा पुराण यतीनै, तपाईंलाई फेरी कुनै गुण्टाले भोट माग्न फोन गरेभने अब चैँ, तिम्रो उमेद्द्वारलाई भोट हाल्दा यो समाजले के पाउँछ भनेर सोध्नुहोला है ! जय गुण्टा !!