मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

नेपाली समाजको नेतृत्वमा वाग्ले र सत्यालबीच प्रतिस्पर्धा

नेपाली समाजको नेतृत्वमा वाग्ले र सत्यालबीच प्रतिस्पर्धा


ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो सन् २०२४/२५ को नेतृत्वका लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब महासचिव कमल सत्यालको उम्मेदवारी परेको छ । वाग्लेले आउँदो दुई वर्षका लागि दोहोर्याउने चाहना सहित उम्मेदवारी दर्ता गराएका हुन् भने पूर्ब महासचिव सत्यालले ६ वर्षपछि नेतृत्वमा फर्किने चाहना राखेका छन् । सत्याल सन् २०१५/१७ कार्यकालमा तत्कालिन अध्यक्ष कृष्ण लामिछाने नेतृत्वको टीममा महासचिव थिए ।

आउँदो कार्यकालको लागि उम्मेदवारी दर्ताको अन्तिम दिन आइतबार साँझ ६ बजेसम्ममा अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा दुई, महासचिवमा दुई जनाको उम्मेवदारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी र मधुर खरेलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा बलराम पौडेल र रविन पाठकले उम्मेदवारी दर्ता गराएका छन् । महासचिवमा विजय भुसाल र सन्देश उप्रेतीले उम्मेदवारी दिएका छन् । उप्रेती वहालवाला महासचिव हुन् भने भुसाल कार्यसमिति सदस्य हुन् ।

सचिवमा सब्दिता प्याकुरेल र पुण्य पाण्डेले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा गुप्तराज जोशी र रामकृष्ण यादवको उम्मेदवारी परेको छ । सहकोषाध्यक्षमा गोबिन्दराज जोशी र सुशील बर्तौला, स्पोर्ट को-अर्डिनेटरमा निलेश श्रेष्ठ र सन्देश संग्रौला, युथ तथा स्टुडेण्ड को-अर्डिनेटरमा सुशील दाहाल र प्रविश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

५ जना कार्यसमिति सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । कार्यसमिति सदस्यमा जीवलाल भुसाल, कुमार तामांग, मनोज धिताल, राधिका खरेल, प्रदीप अधिकारी, रमेश प्रसाद अधिकारी, दिलिप बस्नेत, रामकुमार साह र राधा पौडेल अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई महिला निर्विरोधः

कार्यसमितिको महिला उपाध्यक्ष र महिला संयोजकमा भने एक एकजनाको मात्र उम्मेदवारी परेको छ । एक एक जनाको मात्र उम्मेदवारी परेको हुँदा दुई जना निर्विरोध भएका छन् ।

महिला उपाध्यक्षमा सावित्री भण्डारी र महिला संयोजकमा शान्ता कुमारी गिरी निर्विरोध भएको निर्वाचन समितिका प्रमुख वैकुण्ठ थापाले घोषणा गरे ।

नेपाली समाज टेक्ससको निर्वाचन आउँदो डिसेम्बर १६ तारिक हुँदैछ । उम्मेदवारी फिर्ता गर्न चाहनेले आउँदो बुधबार साँझसम्म फिर्ता गर्नसक्ने जनाइएको छ ।

नेपाली समाज टेक्सस यस क्षेत्रको सबैभन्दा ठूलो र पुरानो सामुदायिक संस्था हो । सन् १९९७ मा यो संस्था स्थापना भएको हो । अहिले दुईहजार ५ सय १२ जना सदस्य छन् ।

एनएसटीले टेक्ससमा रहेका नेपाली समुदायको हितमा काम गर्दै आएको छ । यसका साथै अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकीहरुको सहभागिता बढाउने क्षेत्रमा समेत विगत केही वर्षदेखि कार्य गर्दै आएको छ ।

यो संस्थाले अमेरिकी उच्च अधिकारीहरुलाई समेत निम्ता गरेर कार्यक्रमहरु गर्दै आइरहेको छ ।

अध्यक्षका दुई उम्मेदवार के भन्छन् ? (हेर्नुहोस् भिडियोमा)