मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

केन्टकीको लुइभेलमा हिमालयन लायन्स क्लब स्थापना

केन्टकीको लुइभेलमा हिमालयन लायन्स क्लब स्थापना


लुइभेल, केन्टकी (अमेरिका) । अमेरिकाको लुइभेल शहरमा बसोवास गर्दै आएका नेपाली समुदायले सामाजिक सेवा गर्ने उदेश्यले लुइभेल हिमालयन लायन्स क्लव गठन गरेका छन् । 
 
हेमन्त भेटवालको अध्यक्षतामा गठित सो लायन्स क्लवको हालै पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लवका अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतानको उपस्थिति रहेको पदस्थापना कार्यक्रममा लुइभेल इष्ट लायन्स क्लवका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर इलेक्ट डेभिड मुसले क्लवका पदाधिकारीहरुलाई पदस्थापना गराएका थिए । 
 
केन्टकी राज्यको लुइभेल तथा लेक्जिनटन शहरमा रहेका अन्य लायन्स क्लवमा आवद्ध अमेरिकी नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको पदस्थापना कार्यक्रममा लायन्स क्लवका पूर्व अन्तराष्ट्रिय निर्देशक टम म्याट्नी समेत उपस्थित थिए । 
 
कार्यक्रमलाई सम्वोधन गर्दै अन्तराष्ट्रिय निर्देशक खेतानले विदेशमा रहेका नेपालीहरुले सेवाको लागि लायन्स क्लव गठन गरेकोमा खुसी व्यक्त गरे । उनले  नेपालमा लायन्स क्लव मार्फत सेवाका कार्यहरु अत्यन्त प्रभावकारी रुपमा अगाडि वढेको जानकारी दिँदै काठमाडौ उपत्यकामा मात्रै ३ सय ५० भन्दा वढी लायन्स क्लव गठन भइसकेको बताए ।
 
लायन्स क्लव सेवाको क्षेत्रमा सवैभन्दा ठुलो अन्तराष्ट्रिय संस्था भएको उल्लेख गर्दै खेतानले अहिलेसम्ममा क्लव दुईसय मुलुकमा रहेको र ४६ हजार क्लव मार्फत १४ लाख भन्दा वढी सदस्यहरु आवद्ध भएको जानकारी दिए । 
 
कार्यक्रममा लुइभेल हिमालयन लायन्स क्लवका अध्यक्ष भेटवालले नेपालको स्वास्थ, शिक्षा र अन्य क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले क्लव गठन गरिएको जानकारी दिए । 
 
अमेरिकी र नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको पदस्थापना कार्यक्रममा नेपाली लोकनृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

शेयर गर्नुहोस:

0
Shares