बिश्व घटना

भारतमा १० माओवादीलाई मृत्युदण्डको सजाय

भारतमा १० माओवादीलाई मृत्युदण्डको सजाय


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । भारतको एक विशेष अदालतले सन् २०१३ मा तत्कालीन सत्तारूढ इन्डियन नेसनल कांग्रेसका नेताहरूको समूहमा भएको आक्रमणमा संलग्न १० जना माओवादी सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०१३ को मे महिनामा छत्तीसगढको झिरम उपत्यकामा भारतीय माओवादी लडाकुहरूले कांग्रेस नेताहरूको समूहलाई एम्बुसमा पारेर आक्रमण गरेका थिए । उक्त आक्रमणमा छत्तीसगढ कांग्रेसको लगभग सिंगो नेतृत्व नै समाप्त भएको थियो ।

Advertisement

ज्यान गुमाउनेमा कांग्रेसका तत्कालीन प्रदेश अध्यक्ष नन्दकुमार पटेलसहित २७ जना रहेका थिए । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले बुधबार जनाएअनुसार माओवादीहरूलाई षड्यन्त्र रचेको र राज्यविरुद्ध युद्ध छेडेको लगायतका विभिन्न अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको हो ।

एनआईएका अनुसार, आक्रमणकारीहरूले आईईडी विस्फोट गराएपछि समूहमा ग्रेनेड प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली बर्साएका थिए ।

एजेन्सीले अनुसन्धानका क्रममा उक्त आक्रमणको षड्यन्त्रमा १० माओवादी कार्यकर्ता संलग्न रहेको पुष्टि भएको जनाएको छ । भारतमा फाँसीमार्फत मृत्युदण्ड दिने कानुनी प्रावधान छ । अदालतहरूले दुर्लभ मुद्दाहरूमा मृत्युदण्डको सजाय सुनाउने गरेका छन् ।

यद्यपि, निकै कम मुद्दाहरूमा मात्र दोषीलाई वास्तविक रूपमा फाँसी दिइन्छ । भारतमा पछिल्लोपटक सन् २०२० को मार्चमा निर्भया सामूहिक बलात्कार तथा हत्या काण्डका चारजना दोषीलाई फाँसी दिइएको थियो । एम्नेस्टी इन्टरनेसनलसहित विभिन्न अधिकारवादी समूहहरूले भने मृत्युदण्डको सजाय खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । एजेन्सी