काठमाडौँ । ऋद्धिसिद्धि यातायातको बसमा भएको आगलागी र उक्त घटनासँग ट्राफिक प्रहरीको संलग्नतामाथि छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
उपत्यका प्रहरी कार्यालयका अनुसार, उक्त समितिले आगलागी हुनुपूर्व गाडीका चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको संवाद, त्यससँग सम्बन्धित सिसिटिभी फुटेजको अध्ययन र सामाजिक सञ्जालमा भाइरल भएका दृश्यहरूको विश्लेषण गर्दै छानबिनको काम अगाडि बढाइने भएको छ ।
सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि अलग्गै छानबिन समिति गठन गर्ने तयारी गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले उक्त घटनाको बारेमा विभिन्न कोणबाट अध्ययन भइरहेको बताए । उनले छानबिन समितिका निष्कर्षहरूकै आधारमा आवश्यक कारबाही हुने बताए ।












प्रतिक्रिया