मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वकै ठुलो शहर न्युयोर्कमा नेपाल डे परेड

विश्वकै ठुलो शहर न्युयोर्कमा नेपाल डे परेड


हिमालयखवर संवाददाता- 
न्यूयोर्क । नेपालको विविधताका वारे जानकारी दिन विश्वकै ठुलो शहर न्यूयोर्कमा आइतवार नेपाली डायोस्पोरा नेपाल डे परेडमा सहभागी भएका छन् । 
 
न्यूयोर्कको ३८ स्ट्रिट म्याडिसन एभिन्युवाट शुरु भएको यो परेड २६ स्ट्रिटमा पुगेर समापन हुनेछ । नेपालका हिमाल, पहाड र तराईको भेषभुषा, संस्कृति झल्काउने पहिरन झांकीले परेडलाई रोचक वनाएको न्यूयोर्क स्थित पत्रकार विष्णु पौडेलले जानकारी दिए । 
 
परेडमा अमेरिका भ्रमणमा रहेका उद्योगमन्त्री नविन्द्रराज जोशी, राजदुत डा अर्जुनकुमार कार्की, कुटनीतिक नियोगका पदाधिकारी देखि न्यूयोर्क लगायत विभिन्न स्थानमा वस्ने नेपाली समुदायको सहभागिता छ । 
 
करिब ५ हजारभन्दा वढी नेपाली परेडमा सहभागी भएका छन परेडमा हिंडिरहेका पौडेलले भने परेडमा समुदायको निकै ठुलो उत्साह देखिएको छ यसलाई यहाँका विदेशीले रोचक मानेर हेरेका छन् । 
 
हिमाली क्षेत्रको बौद्ध लामा संस्कृति, पहाडमा पशुपति मन्दिर, भजन चुड्का, रोईला, लगायत विभिन्न जनजातीका झांकीहरु परेडमा देखाईएको छ । न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको परेडको यो दोस्रो संस्करण हो । परेड संयोजक मंगलदास श्रेष्ठले संक्षिप्त वक्तव्यपछि परेड शुरु भएको हो ।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares