बिश्व घटना

अमेरिकाको कार दुर्घटनामा नेपाली छात्राको निधन

अमेरिकाको कार दुर्घटनामा नेपाली छात्राको निधन


सियाटल (अमेरिका)– अमेरिकाको उत्तर पश्चिमी राज्य वासिंगटनको एक नेपाली छात्राको निधन भएको छ । 
 
 
उक्त कार दुर्घटनामा परेर २१ बर्षीय नेपाली मुलकी छात्रा ममता कँडेलको निधन भएको हो । गत बिहीबार बिहान वासिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । उनको शव अहिले अस्पताल मै राखिएको छ l
 
 
 
निधन भएकी छात्रा कँडेलले सन् २०१४मा आइडाहो विश्व बिद्यालयबाट समाजशास्त्रमा अध्ययन समाप्त गरेकी थिइन l जाड़ो मौसममा बिदाको लागि नेपाल जाने तयारीमा समेत थिइन l