बिश्व घटना

वारि जमुना, पारी जमुना गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन

वारि जमुना, पारी जमुना गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन


काठमाडौं, ९ भदौ । ’वारि जमुना, पारी जमुना’ गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन भएको छ ।
 
उनले विगत १० दिनदेखी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका थिए । चिकित्सकले बताए अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको कारण निधन भएको हो ।
 
स‌ंखुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको  पूर्वी पहाडको लोकभाका ’वारि जमुना पारि जमुना’ एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनको एक दर्जन एल्वम छन्।
 
थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए । गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ ।