मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वारि जमुना, पारी जमुना गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन

वारि जमुना, पारी जमुना गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन


काठमाडौं, ९ भदौ । ’वारि जमुना, पारी जमुना’ गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरुङको बिहीबार निधन भएको छ ।
 
उनले विगत १० दिनदेखी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका थिए । चिकित्सकले बताए अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको कारण निधन भएको हो ।
 
स‌ंखुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको  पूर्वी पहाडको लोकभाका ’वारि जमुना पारि जमुना’ एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनको एक दर्जन एल्वम छन्।
 
थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए । गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ ।