मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा अर्की चेली जोलि अमात्य सयुक्त राष्ट्र संघको युवा सम्मेलनकी युवा अध्यक्षमा नियुक्त

अमेरिकामा अर्की चेली जोलि अमात्य सयुक्त राष्ट्र संघको युवा सम्मेलनकी युवा अध्यक्षमा नियुक्त


नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र सङ्घको युवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ l

सयुक्त राष्ट्र सङ्घको इतिहास मै नेपाल आमकि छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मूलकी बनेकी छिन् l पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन् l

Advertisement
ADVERTISEMENT

jolly 3

जोली भन्छिन आफूले कहिले पनि पछाडि फर्केर हेर्दिन l उनले अगाडी भनिन नेपाल र नेपालीको नाम राख्न आफूले कुनै कसर नछोड्ने बताईन l जोलीले कुराकानी गर्दै यो युवा सभा सयुक्त राष्ट्र सङ्घको सबै भन्दा ठुलो तथा लामो चलिरहेको युवा सम्मेलन हो l यो एक अद्वितीय मञ्च हुनुको साथै संवादलाई प्रोत्साहन गर्छ भनिन l

यस्ले असाधारण युवा ,संयुक्त राष्ट्र उच्च अधिकारीहरू ,कर्मचारी , निजी क्षेत्र तथा नागरिक समाज बिच साझेदारीलाई उत्पादन गराउदछ उनले भनिन l

उक्त पदमा उनी नियुक्त भए पछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफूले नेतृत्व गर्न पाएकोमा हर्षको सीमा नै नरहेको बताईन l

आफूलेjolly 5 सञ्चालन गरेको सम्मेलनमा केवल ४ जना मात्रले नेपालको प्रतिनिधित्व गरेको बताईन l यो सङ्ख्या बढ्न पनि सक्थ्यो भन्दै आगामी कार्यक्रममा नेपालको प्रतिनिधित्व बढ्नु पर्ने आफ्नो मान्यता रहेको बताइन l

उनले गत अगस्त १० देखि १२ सम्म सयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा युवा सम्मेलनकि युवा अध्यक्षता गरेकी थिइन् भने जसको मुख्य उदेश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको छ l

उनको अध्यक्षतामा भएको सम्मेलनमा उनले सम्बोधन गर्दै भनिन म यो कुरामा जहिले पनि विश्वास गर्छु कि जब तपाईँको अभिलाषा र तपाईँको लक्ष्य ठोकिन्न्छ त्यहाँ बिस्फोटन हुन्छ त्यसले तपाईँलाई सदैव ज्वाला दिन्छ भनिन l म त्यो अभिलाषा र लक्ष्य तपाईहरु सँग चाहन्छु भनिन l उक्त सम्बोधन को क्रममा सयुक्त राष्ट्र सङ्घका महा सचिव वान कि मुनले विशेष संदेश सुनाईन l

सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्ने गरेको बताउदै तर छोटो समयमा बढुवा पाएको बताईन l उनले अगाडी भनिन सन् २०१५ मा आफू सह-अध्यक्ष भई समेत गरेको तर मेहनत गरेको कारण यस पटक उक्त पदमा पुगेको बताईन l

गत सात वर्ष देखि सयुक्त राष्ट्र सङ्घ अन्तर्गत युएन महिला ,वर्ल्ड बैङ्क ,हेबी टेट फर हुमानीटि ,एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरेको उनी सँग अनुभव छ l

उनले कुराकानी गर्दै भनिन आफू नेपाली भएको नाताले नेपालका युवाहरुमा अद्भुत सम्भावना रहेको र सही निर्देशन ,परामर्श तथा अवसर आवश्यकता रहेको बताईन l

उन्ले युएस नेसनल कमिटि फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गर्ने मौका पाएको भनिन l

उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले गत वर्ष २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट ” पदकले सम्मान गरेको थियो l

 

उनी गैर मुनाफा सामाजिक संस्था कमिटि अफ द स्टाटस अफ वुमेनको युवा व्यावसायिक हुन् भने उनले कमिटि अफ द स्टाटस अफ वुमेनको नेपालको प्रतिनिधित्व समेत गरेकी छिन् l युएन प्रधान कार्यालयमा सन् २०१२ देखि २०१६ सम्म निरन्तर रूपमा प्रतिनिधित्वगर्न पाएकोमा नेपाली भएको नाताले गौरव लागेको बताईन l उनलाई सयुक्त राष्ट्र सङ्घ मा पटक पटक वक्ताको रूपमा निमन्त्रणा आई रहने उनले बताइन l

नेपालमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिक मा पढेकी हुन् l सन् २००७ मा महिलाको आवाज भन्ने उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने भाग्यशाली युवा हुन् जुन समयमा उनी बिध्यालयमा अध्ययनरत थिइन l

उनले अमेरिकाको आएवा विद्यालयमा वित्त तथा लेखा संकाय पश्च्यात बोस्टन स्थित हार्वर्डमा विश्व विद्यालयमा पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययन गरेकी छिन् l

शेयर गर्नुहोस:

0
Shares