हिमालय खबर
टेक्सस (एजेन्सी) – दक्षिण फ्रान्स स्थित नाइस सहरमा एक ट्रक वासटिले दिवस मनाईरहेका मानिसको भिडमा दौड्दा ८० जनाको मृत्यु भएको छ । करिब एक सय भन्दा बढी घाइते भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । मृत्युहुनेको सङ्ख्या अझ बढ्न सक्ने समाचारमा जनाईएको छ ।
प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै संचारमाध्यमहरुले जानजान मानिस मार्ने उद्देश्यले ट्रक मानिसहरूको भेला माथि चलाईएको दाबी गरेका छन् । यत्रतत्र लास छरिएको र त्यहाँ त्रासादीपुर्ण अवस्था सृजना भएको प्रत्यक्षदर्शीले जनाएका छन् । टेलिभिजन च्यानलहरुले सकडमा मानिसहरू भाडदौड भइरहेको तस्विरहरु प्रत्यक्ष प्रसारण गरेका थिए । प्रहरीसंगको मुठभेडमा ट्रक ड्राइभर मारिएका छन् । प्रहरीले ट्रक रोक्न गोली चलाउंदा ट्रकवाट पनि बन्दुक चलाईएको थियो ।
अमेरिका लगायत विश्वका कतिपय नेताहरूले यो घटनाको भत्सर्ना गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामालाई घटनाको बारेमा राष्ट्रिय सुरक्षा सल्लाकारले जानकारी गराएका थिए । रिपव्लिकन पाटीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले टिवटर मार्फत घटनाको भत्सर्ना गरेका छन् । उनले आज गर्ने भनिएको आफ्ना उपराष्ट्रपति उम्मेदवार घोषणालाई स्थगित गरेका छन् । फ्रान्सका राष्ट्रपति यो घटना लगत्तै पेरिस फर्किका छन् । उनले गृहमन्त्रीसंग आपकालिन बैठक गरेको फ्रान्सको सरकारी रेडियोले जनाएको छ ।
यो आतंककारी घटना हो कि होइन पुष्टि भएको छैन । यस घटनाको अहिलेसम्म कुनै समूहले पनि जिम्मेवारी लिएको छैन । भिडियोको लागि यहाँ क्लिक गर्नुहोला I फोटो साभार: सामाजिक सञ्जाल








प्रतिक्रिया