मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

फ्रान्समा मानिसको भिडमा ट्रक दौड्दा ८० को मृत्यु

फ्रान्समा मानिसको भिडमा ट्रक दौड्दा ८० को मृत्यु


हिमालय खबर
टेक्सस (एजेन्सी) – दक्षिण फ्रान्स स्थित नाइस सहरमा एक ट्रक वासटिले दिवस मनाईरहेका मानिसको भिडमा दौड्दा ८० जनाको मृत्यु भएको छ । करिब एक सय भन्दा बढी घाइते भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । मृत्युहुनेको सङ्ख्या अझ बढ्न सक्ने समाचारमा जनाईएको छ । 
 
प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै संचारमाध्यमहरुले जानजान मानिस मार्ने उद्देश्यले ट्रक मानिसहरूको भेला माथि चलाईएको दाबी गरेका छन् । यत्रतत्र लास छरिएको र त्यहाँ त्रासादीपुर्ण अवस्था सृजना भएको प्रत्यक्षदर्शीले जनाएका छन् । टेलिभिजन च्यानलहरुले सकडमा मानिसहरू भाडदौड भइरहेको तस्विरहरु प्रत्यक्ष प्रसारण गरेका थिए । प्रहरीसंगको मुठभेडमा ट्रक ड्राइभर मारिएका छन् । प्रहरीले ट्रक रोक्न गोली चलाउंदा ट्रकवाट पनि बन्दुक चलाईएको थियो । 
 
अमेरिका लगायत विश्वका कतिपय नेताहरूले यो घटनाको भत्सर्ना गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामालाई घटनाको बारेमा राष्ट्रिय सुरक्षा सल्लाकारले  जानकारी गराएका थिए । रिपव्लिकन पाटीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले टिवटर मार्फत घटनाको भत्सर्ना गरेका छन् । उनले आज गर्ने भनिएको आफ्ना उपराष्ट्रपति उम्मेदवार घोषणालाई स्थगित गरेका छन् ।  फ्रान्सका राष्ट्रपति यो घटना लगत्तै पेरिस फर्किका छन् । उनले गृहमन्त्रीसंग आपकालिन बैठक गरेको  फ्रान्सको सरकारी रेडियोले जनाएको छ । 
 
यो आतंककारी घटना हो कि होइन पुष्टि भएको छैन । यस घटनाको अहिलेसम्म कुनै समूहले पनि जिम्मेवारी लिएको छैन । भिडियोको लागि यहाँ क्लिक गर्नुहोलाफोटो साभार: सामाजिक सञ्जाल

 

शेयर गर्नुहोस:

0
Shares