मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कांग्रेस कोषाध्यक्ष पदमा सितादेवी यादव विजयी

कांग्रेस कोषाध्यक्ष पदमा सितादेवी यादव विजयी


२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा सितादेवी यादव बिजयी  भएकी छन् । १३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार भएको मतगणनामा कोषाध्यक्ष पदको  सम्पन्न मतगणनामा सितादेवीले चित्रलेखा यादवलार्इ ८ मतले पछि पार्दै विजयी भएकी हुन् ।
 
सितादेवी रामचन्द्र पौडेल प्यानलबाट र चित्रलेखा शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका थिए । सितादेवीले १ हजार २ सय १७ र  चित्रलेखाले १ हजार २ सय ९ मत पाएका छन् । कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाएका छन् ।

शेयर गर्नुहोस:

0
Shares