राजनीति-समाज

७३ जिल्लाका ६१ सय बढी वडामा कांग्रेसको अधिवेशन सम्पन्न

७३ जिल्लाका ६१ सय बढी वडामा कांग्रेसको अधिवेशन सम्पन्न


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले ७३ जिल्लाका ६१ सय बढी वडामा अधिवेशन सम्पन्न गरेको छ । केन्द्रीय निर्वाचन समितिले ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको जनाएको हो।

असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनको हुन कार्यतालिकाअनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन दोस्रो दिन पनि उत्साहप्रद रूपमा अघि बढेको निर्वाचन समितिले जनाएको छ।

Advertisement

​केन्द्रीय निर्वाचन समितिका अनुसार हिमाली, पहाडी तथा तराईका अधिकांश जिल्लाहरूमा निर्वाचन तथा सर्वसम्मत प्रक्रियामार्फत नेतृत्व चयन भइसकेको छ। ​

यद्यपि, केही जिल्ला तथा निश्चित निर्वाचन क्षेत्रहरूमा भने वडा अधिवेशन हुन बाँकी छ। रसुवा, नुवाकोट, धादिङ र सिरहा जिल्लाका साथै मोरङ (क्षेत्र नं. ६), सप्तरी (क्षेत्र नं. २ र ४), सर्लाही (क्षेत्र नं. २), रौतहट (क्षेत्र नं. १) र परासी (क्षेत्र नं. २) का केही वडाहरूमा अधिवेशन हुन बाँकी रहेको छ। ​

छुट भएका तथा बाँकी रहेका सम्पूर्ण वडाहरूको अधिवेशन असोज ५ गते सोमबार पनि निरन्तर जारी रहने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।