राजनीति-समाज

एमाले सचिवालयद्वारा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकार

एमाले सचिवालयद्वारा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकार


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ। नेकपा (एमाले)ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको पार्टी उपमहासचिव लेखराज भट्टले बताएका हुन् ।  

उनका अनुसार प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठनसम्बन्धी विषय हटाइएको छ । पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको ६५ पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई ४५ पृष्ठको अर्को प्रतिवेदन लेख्न लगाएका थिए । 

Advertisement

उक्त प्रतिवेदन पनि चित्त नबुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ज्ञवालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाएका थिए। तीनवटै प्रतिवेदनलाई मर्ज गरेर सहमतिको आधारमा प्रतिवेदन तयार गरिएको थियो । उनले पार्टी सचिवालय बैठक भोलि बिहान ९ बजे पुनः बस्ने भएको छ ।

उनले भने, ‘यसअघिको सचिवालय बैठकले निर्माण गरेको कार्यदलले ४ महिना लगाएर तयार गरेको प्रतिवेदन सर्वसम्मत रूपमा बुझाउने काम भयो । र सचिवालयले त्यो ग्रहण गर्‍यो । आजको बैठक फेरी भोलि बिहान ९ बजे बस्ने गरी स्थगित भएको छ । भोलि बिहान बस्ने बैठकले नै केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्छ । प्रतिवेदनमा नेतृत्वको पुनर्गठन अथवा नेतृत्व सम्बन्धी सबै कुरा हटेको छ र त्यहाँ मतभेद भएका विषयहरू सबै हटेर सर्वसम्मतले जो कार्यदलले पास गर्‍यो त्यही प्रतिवेदन सचिवालयले ग्रहण गरेको हो ।’

भोलि बिहान बस्ने बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने भट्टले जानकारी दिएका छन्।