बिश्व घटना

कांग्रेस कोषाध्यक्ष पदमा सितादेवी यादव विजयी

कांग्रेस कोषाध्यक्ष पदमा सितादेवी यादव विजयी


२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा सितादेवी यादव बिजयी  भएकी छन् । १३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार भएको मतगणनामा कोषाध्यक्ष पदको  सम्पन्न मतगणनामा सितादेवीले चित्रलेखा यादवलार्इ ८ मतले पछि पार्दै विजयी भएकी हुन् ।
 
सितादेवी रामचन्द्र पौडेल प्यानलबाट र चित्रलेखा शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका थिए । सितादेवीले १ हजार २ सय १७ र  चित्रलेखाले १ हजार २ सय ९ मत पाएका छन् । कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाएका छन् ।

शेयर गर्नुहोस:

0
Shares