मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टेक्सासको ड्यालसमा आज सांस्कृतिक साँझ हुने

टेक्सासको ड्यालसमा आज सांस्कृतिक साँझ हुने


हिमालय खवर । टेक्सास, अमेरिका । अक्टोबर २९ 
 
टेक्सासको ड्यालस स्थित अर्विङ्ग शहरमा रहेको रमाईलो रेस्टुरेण्डले आज  अक्टोबर ३० शुक्रवार सांङ्गीतिक साँझ आयोजना गरेको छ । "The Mystic Nite" नामक उक्त कार्यक्रममा गायिका नलिना चित्रकारको विशेष प्रस्तुति रहने छ । 
 
नलिना नेपाली कला क्षेत्रको चर्चित नाम हो। उनले नेपाली सांङ्गीतिक क्षेत्रका हरेक विधामा दर्जनौँ गीतमा आवाज भरेकी छन् । उनका पप, लोक पप तथा आधुनिक गीत निकै चर्चित छन् । 
उनका मेहन्दी लगाउ मलाई…पानि पानि भयो मेरै मन पनि….गोरी काली….तिमी नै हो मेरो जीवनको बहार ….लगायतका चर्चित गीत हुन् । 
 
गयिका नलिना चित्रकारले हिमालय खवरसँग कुरा गर्दै टेक्सासको ड्याल, फोर्थवर्थमा लगायत वरीपरि रहनुभएका सम्पूर्ण नेपाली भाषीहरुलाई कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेकी छन् । 
कार्यक्रममा  वाईल्ड स्काइ डान्स ग्रुप र डीजे रीतको समेत प्रस्तुति रहने छ । 
 
साँझ ८ बजेदेखि सुरु हुने कार्यक्रमको लागि प्रवेश शुल्क २० डलर तोकिएको रमाईलो रेष्टुरेन्टका ब्यवस्थापक दिक्षा भट्टले जानकारी दिए । उनका अनुसार २० डलरको प्रवेश टिकट लिएपछि निशुल्क खानाको समेत ब्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिहरुका लागि सम्भव भएसम्म कालो वा रातो रङको पोशाकमा उपस्थित हुन समेत ब्यवस्थापक भट्टले आग्रह गरे । 
 
रमाईलो रेष्टुरेण्टले नेपाली समुदायहरुलाई जुटाउन नेपाली कला र साहित्यलाई विश्वभर फैलाउन टेवा पु¥याउने उद्देश्यले विभिन्न समयमा सांङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

शेयर गर्नुहोस:

0
Shares