हिमालय खवर । टेक्सास, अमेरिका । अक्टोबर २९
टेक्सासको ड्यालस स्थित अर्विङ्ग शहरमा रहेको रमाईलो रेस्टुरेण्डले आज अक्टोबर ३० शुक्रवार सांङ्गीतिक साँझ आयोजना गरेको छ । "The Mystic Nite" नामक उक्त कार्यक्रममा गायिका नलिना चित्रकारको विशेष प्रस्तुति रहने छ ।
नलिना नेपाली कला क्षेत्रको चर्चित नाम हो। उनले नेपाली सांङ्गीतिक क्षेत्रका हरेक विधामा दर्जनौँ गीतमा आवाज भरेकी छन् । उनका पप, लोक पप तथा आधुनिक गीत निकै चर्चित छन् ।
उनका मेहन्दी लगाउ मलाई…पानि पानि भयो मेरै मन पनि….गोरी काली….तिमी नै हो मेरो जीवनको बहार ….लगायतका चर्चित गीत हुन् ।
गयिका नलिना चित्रकारले हिमालय खवरसँग कुरा गर्दै टेक्सासको ड्याल, फोर्थवर्थमा लगायत वरीपरि रहनुभएका सम्पूर्ण नेपाली भाषीहरुलाई कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेकी छन् ।
कार्यक्रममा वाईल्ड स्काइ डान्स ग्रुप र डीजे रीतको समेत प्रस्तुति रहने छ ।
साँझ ८ बजेदेखि सुरु हुने कार्यक्रमको लागि प्रवेश शुल्क २० डलर तोकिएको रमाईलो रेष्टुरेन्टका ब्यवस्थापक दिक्षा भट्टले जानकारी दिए । उनका अनुसार २० डलरको प्रवेश टिकट लिएपछि निशुल्क खानाको समेत ब्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिहरुका लागि सम्भव भएसम्म कालो वा रातो रङको पोशाकमा उपस्थित हुन समेत ब्यवस्थापक भट्टले आग्रह गरे ।
रमाईलो रेष्टुरेण्टले नेपाली समुदायहरुलाई जुटाउन नेपाली कला र साहित्यलाई विश्वभर फैलाउन टेवा पु¥याउने उद्देश्यले विभिन्न समयमा सांङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया