बिश्व घटना

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित


पेरिस । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 
 
अर्जेन्टिनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । 
 
सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन् । उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् । 
 
अतितीव्र गतिमा फैलिने भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । एजेन्सी