मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित


पेरिस । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 
 
अर्जेन्टिनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको कुरा उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । 
 
सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन् । उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् । 
 
अतितीव्र गतिमा फैलिने भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् । एजेन्सी

शेयर गर्नुहोस:

540
Shares